भारतले निर्देशन नदिएसम्म प्रचण्डले चुनावको मिति घोषणा गर्दैनन्ः ओली

भारतले निर्देशन नदिएसम्म प्रचण्डले चुनावको मिति घोषणा गर्दैनन्ः ओली

धरान : नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। सुनसरी सदरमुकाम इनरुवामा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि सरकारले स्थानीय, प्रदेश र केन्द्रको चुनाव गराउनु पर्ने भएपनि सरकारको पराजित मानसिकताका कारण चुनावको मिति घोषणा नगरेको आरोप लगाएका हुन्।

ओलीले एमालेले देशभर चुनाव जित्ने भएपछि निर्वाचनबाट डराएर सरकार पछि हटेको बताए। उनले आफु नेतृत्वको सरकारले मधेस र पहाडका सबै जनतालाई समान अधिकार स्थापित गराउने उदेश्यले जनमुखि बजेट ल्याएका कारण कांग्रेस र माओवादी एमालेसँग त्रसित भएको बताए।

ओलीले देशको राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौमिकतामाथि सतिसाल झै खडा भएका कारण देशभरका जनता एमालेमा प्रवेश गर्ने लहर चलेपछि कांग्रेस र माओवादी पराजित हुने मानसिकताका कारण प्रधानमन्त्रीले चुनावको मिति घोषणा गर्न नसकेको आरोप लगाए। सरकार संविधान कार्यान्यन गराउने पक्षमा नरहेको र विदेशीको इशारामा चलेको भन्दै ओलीले भारतले निर्देशन नदिएसम्म प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति घोषणा नगर्ने टिप्पणी गरे।

वर्तमान सरकारले स्वतन्त्र सरकारको भूमिका निर्वाह गर्न छोडेर भारतको निर्देशनमात्र पालना गर्ने गरेको ओलीले आरोप लगाए। ओलीले प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा भारत परस्त भएको बताए। प्रचण्ड नेतृत्वको वर्तमान सरकारले भारतको निर्देशन अनुसार देशको हित विपरित काम गरेको बताउँदै ओलीले सत्ता साझेदार कांग्रेस र माओवादीलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने चेतावनी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.