क्यान्सर विजेता ओलम्पियन

क्यान्सर विजेता ओलम्पियन

लखनउको आरएमएल ल्याबका चिकित्सक डा. पुुुुनीत मलहोत्राको रिपोर्ट ओल्टाइपल्टाई हेरेपछि नेपालको भेरी अञ्चल अस्पतालका पेटरोग विशेषज्ञ डा. संकेत रिसालले भने । ‘दाइ यो त क्यान्सर हो ।’

सधैं हँसिमजाक गरिरहने रिसालको अनुुुुहार एकाएक फेरिएको देखेर सुुुुरेन्द्र हमाल झस्किए । ‘केही समय अघिसम्म नेपालकै पहलमान खेलाडी म के पो रोग लाग्ला र, भन्ने सोच्दैथिएँ । तर, रोगले पहलमान र कमजोर भन्दो रहेनछ’, ५५ वर्षीय उनै ओलम्पियन खेलाडी सुुुुरेन्द्र हमालले क्यान्सर रोगको पोको खोल्न थाले । क्यान्सर शब्द सुुुुन्नेबित्तिकै मेरा आँखा छाँगाबाट खसेझैं तिर्मिराए । चक्कर लाग्लाझंै भयो । तैपनि पीडा लुुुुकाएर आफुुूलाई सम्हाल्ने कोसिस गरेँ । मनमा अनेक कुुुुरा खेल्न थाल्यो । तर डा.रिसालको अगाडि मैले रिपोर्टलाई सहज मानेझै गरेँ, हमालले भने ।Gobinda Regmi

सन् १९८४ को लसएन्जलस ओलम्पिकमा नेपाली भारोत्तोलन खेलको प्रतिनिधित्व गरेका सुुुुरेन्द्र हमाल एसियाली खेलकुुुुदमा भारोत्तोलन खेलमा नेपाललाई कांस्य पदक दिलाउने एक्ला खेलाडी हुुुुन् । सन् १९८३ मा सिरियाको दमास्कसमा भएको एसिएन गेम्समा हमालले स्न्याचमा कांस्य पदक जितेका थिए । जुुुुन नेपालको अहिलेसम्मकै ठूलो सफलता हो ।

भारोत्तोलन खेलमा नेपाललाई ऐतिहासिक पदक दिलाएका हमाल क्यान्सर रोगलाई जितेर अहिले नेपाली खेकलुुुुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुुुुद परिषद् (राखेप)को काषाध्यक्षका रूपमा उत्तिकै सक्रिय छन् । नेपालगन्ज घरबारीटोलका बासिन्दा हमालको परिवार आफैंमा खेलकुुुुदप्रेमी थियो । बच्चा पनमा घरछेउमा सानातिना खेल हुुुुन्थे । केटाकेटी बेला रमाउनकै लागि च्यातिएको मोजामा थाङ्ना कपडा पोको पारेर भलिबल र फुुुुटबल खेलिन्थ्यो । घरपछाडि ‘बन्डल’ भन्ने थियो । बालापनका साथीभाइसँग हाइजम्प, लङजम्प र दौड पनि उत्तिकै चल्थ्यो । खेतैखेत दौडिएर फिल्महललाई छुुुुँदै फेरि बन्डलमा फर्कने नियम थियो, हमालले खेलकुुुुदमा लाग्दाको दिन सम्झिए ।

हमाल विस्तारै हुुुुर्कंदै गए । नेपालगन्जमा पहलमानी र कुुुुस्तीमा रमाउनेको संख्या धेरै थियो । उनी ठूला दाजुुुुहरूको नजिक गएर अभ्यास गरेको हेर्थे रे । ‘म देखासिकीबाट आकर्षित भएँ । सानैदेखि मेरो जीउडाल पनि सुुुुगठित थियो । सुुुुरुका दिनमा हरेक साथीहरू जयन्त शर्मा, पुुुुष्पराज श्रेष्ठ, प्रदीप भट्टराई र भोला परियारसँग खेलेँ । दाजुुुु ब्रिजेन्द्र हमाल त्यति बेला टेबल टेनिस खेल्ने हुुुुँदा मैले सुुुुरुमा टेबुुुुल टेनिस नै खेलेँ । २०३३ सालमा धरानमा पहिलो राष्ट्रिय टेबुुुुल टेनिस प्रतियोगितामा भयो । मैले पनि भाग लिएँ । त्यति बेला भेरी अञ्चलबाट खेलेको हाम्रो टोली सेमिफाइनलसम्म पुुुुग्यौं । म तीनचार वर्ष टेबुुुुल टेनिसमै रमाएँ’, हमालले भने ।

पहिला नेपालगन्जमा भारतको धेरै प्रभाव थियो । भारतको प्रभावले क्रिकेट खेल पनि नेपालगन्जमा खेलिन थाल्यो । हमालले २०३७ सालमा भेरी अञ्चलबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि खेले । त्यो प्रतियोगिता काठमाडौंको टुुुुँडिखेलमा भएको थियो । त्यति बेला छिटफुुुुट जेजति खेलकुुुुदका प्रतियोगिता हुुुुन्थे, काठमाडौंमै हुुुुन्थेँ । काठमाडौं बाहिरका युुुुवा खेलकुुुुदमा स्थापित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुुुुने कुुुुरा सपनाजस्तै थियो ।

तर, घरबारीटोलले त्यो सपनाको संसार देख्ने मेरो रहरलाई जगाएको थियो, हमाल भन्छन् । नभन्दै क्रिकेटमा उनको टोली फाइनलमा पुुुुग्यो । पानी परेका कारण फाइनलमा पुुुुगेको बाग्मती र भेरी दुुुुवैलाई त्यति बेला विजेता बनाइयो । नेपालगन्जमै त्यति बेला पहलमानको खेल भारोत्तोलन पनि फाट्टफुुुुट्ट खेलिन्थ्यो । हमाल अलिअलि सिक्दै थिए । २०३७ सालमै नेपालगन्जमा दोस्रो भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप भयो । त्यति बेला उनी दर्शक बनेर प्रतियोगिता हेर्न गएका थिए । उनको जीउडाल र फिटनेस देखेर अग्रज खेलाडीले प्रतियोगितामा भाग लिन हौस्याए ।

तर, उनलाई खेलको नियम थाहा थिएन । स्न्याच र क्लिन एन्ड जर्क भनेकै उनले बुुुुझ्दैनथे । उनलाई भारोत्तोलनको भार उठाउने टेक्निक खासै थिएन । प्रतियोगिता सकिए पनि भारोत्तोलन खेलको एक सेट सामग्री नेपालगन्जमै छाडियो । त्यही सामग्रीले हमालको खेलमा निखारता ल्यायो ।
२०३८ सालमा पहिलो राष्ट्रिय खेलकुुुुद प्रतियोगिता काठमाडौंमा भयो । त्यसमा हमालले स्वर्ण कुुुुम्ल्याए । त्यसपछि उनले २०४८ सालसम्म १० वर्ष भारोत्तोलन खेल्दा सबै राष्ट्रिय प्रतियोगितामा स्वर्णमात्र जिते । त्यसबीचमा उनले सन् १९८२ मा भारतमा भएको दिल्ली एसिएन गेममा भाग लिए । काठमाडौंमा सन् १९८३ मा भएको प्रथम दक्षिण एसियाली खेलकुुुुद (साग) र १९८५ मा ढाकामा भएको दोस्रो सागमा लगातार रजत जिते ।

उनी नेपालगन्जको महेन्द्र बहुुुुमुुुुखी क्याम्पसमा पढ्दै थिए । खेलमा पनि लागिरहे । २०४१ सालमा उनी नेपाली काँग्रेस समर्थक विद्यार्थी संगठनबाट महेन्द्र बहुुुुमुुुुखीको स्ववियुुुु सभापति भए । कलेज पढ्का भलिबलका समेत राम्रा खेलाडी हमालको टोलीले २०४१ सालको अन्तरक्याम्पस राष्ट्रिय भलिबल प्रतियोगिता जित्यो । अर्को वर्ष पोखरामा भएको अन्तरक्याम्पस भलिबलमा सेमिफाइनलसम्म पुुुुग्यो ।

खेलमा जमिरहेका बेला बीचैमा हमालको जीवनमा रहस्यमय घटना घट्यो । २०४२ सालमा वीरगन्जमा तेस्रो राष्ट्रिय खेलकुुुुद प्रतियोगिता भएको थियो । त्यति बेला सुुुुपर हेबिवेटमा हामीले एकजना बाहिरका मुुुुरली भन्ने व्यक्तिलाई टिममा हालेका थियौं । आखिर त्यसलाई नहालेको भए पनि भेरी अञ्चलले नै जित्थ्यो । तर, उसलाई हालेकै कारण विवाद भयो । त्यति बेला राखेपको सदस्यसचिव शरदचन्द्र शाह थिए । पञ्चायतको दबदबा उस्तै । हाम्रो टोलीलाई पूरै ‘रेस्टिकेट’ गरियो । रेडियोमा समाचार नै आयो । मलाई त एक वर्ष खेलबाट प्रतिबन्ध लगाइयो । पछि अञ्चलाधीशले प्रतिबन्धमा अर्को ६ महिना थपेर डेढ वर्ष पुर्‍याए । पुुुुलिसले समातेर जेल हाल्छ भन्ने हल्लाले भागेर हिँड्नुुुु पर्‍यो । खेलको अभ्यास गर्न पनि प्रतिबन्ध लगाइयो, हमाल भन्छन् । प्रतिबन्धकै समयमा उनले तेस्रो साग खेल्न पाएनन् ।

खेलको प्रतिबन्धपछि उनी नेपालगन्ज युुुुवक संगठनको अध्यक्ष भए । कांग्रेसको सक्रिय राजनीतिमा होमिए । २०४५ सालमा नेपालगन्जमा राजा वीरेन्द्रको सवारी भयो । हमालले सबै कुुुुरा राजालाई मौखिक सुुुुनाए । तर राजाबाट कुुुुनै सहयोग भएन, हमालले भने । २०४५ सालमा उनको प्रतिबन्ध सकिएपछि दाङमा फेरि भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता भयो । प्रतिबन्धको लामो वि श्रामलाई चिर्दै उनले दाङमा पुुुुनः स्वर्ण पदक नै जिते । त्यसपछि उनले पाँचौं र छैटौं साग गेम्समा पनि खेल्ने मौका पाए । दुुुुवैमा कांस्य जिते । उनी नेपालको स्टङगेस्ट म्यान र बेस्ट लिफ्टरको उपाधि पाउने खेलाडी पनि हुुुुन् ।

हमाल सन् १९९९ मा भएको एसिएन च्याम्पियनसिपमा पाँचौं भएका थिए । भारोत्तोलनको अन्तर्राष्ट्रिय खेलमा छैटौं स्थानसम्म आउनेलाई ‘डिप्लोमा कार्ड’ दिइने प्रचलन छ । त्यो कार्ड उनले पनि पाएका छन् । त्यसपछि २०४८ सालमा नेपालगन्जमा राष्ट्रिय प्रतियोगिता भयो । उनले त्यहाँ पनि स्वर्ण नै जिते । ‘नेपालगन्जबाट मैले उठाएको भारोत्तोलनको भारलाई नेपालगन्जमै बिसाउने अठोटका साथ त्यही बेला सक्रिय खेलबाट सन्न्यास लिएँ’, राखेपको कार्यकक्षमा हँसिलो मुुुुद्रामा भेटिएका उनै हमालले भने ।

खेलजीवनबाट सन्न्यास लिएका हमालमा राजनीतिक चासो उत्तिकै थियो । उनी २०४९ सालमा नेपालगन्ज नगर समितिको उपमेयरमा निर्वाचित भए । खेलाडी, प्रशिक्षक, राजनीतिज्ञ र खेल पदाधिकारीको राम्रो छवि बनाएका उनै हमाललाई २०६८ सालमा आन्द्राको क्यान्सर भयो । ‘दैनिक व्यायाममा रम्ने र खानपानमा ध्यान दिने गरे पनि मलाई सुुुुरुमा दिसा बस्दा आउँ परेजस्तो भयो । खानपानमा अझै ध्यान दिएँ । तर पनि सुुुुधार भएन । चिकित्सकलाई जताततै देखाएँ । बलियो र मोटोघाटो जीउ सिनित्तै घट्यो । मर्निङ वाकले घटेको होला भनेर छाडेँ ।

अझै १५ किलो घट्यो । पछि मर्निङ वाकले घटेको होइन भन्ने सल्लाह साथीहरूले दिए । लखनउ गएर डा. पुुुुलितसँग ‘क्लोनोस्कोपी’ गराएपछि पत्ता लाग्यो आन्द्राको क्यान्सर बी–३ भएछ । त्यसपछि लखनउकै अस्पतालमा क्यान्सरको अप्रेसन गराएपछि पूरै निको भयो’, उनी भन्छन् ।

‘मानिस क्यान्सर भयो भन्नेबित्तिकै धेरै अत्तालिन्छन् । क्यान्सर जोसुुुुकैलाई पनि हुुुुनसक्छ तर खानपानमा ध्यान दिनुुुुपर्छ । मद्यपान र पोलेको मासुुुु क्यान्सरको घर हो । रोग लागेपछि आधा डाक्टर आफैं भइँदो रहेछ । क्यान्सर जित्न आत्मबल पनि बलियो चाहिन्छ’, हमाल खिस्स हाँसे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.