भक्तपुरमा गाडीले ठक्कर दिँदा भैरव गुठीका नाइकेको मृत्यु

भक्तपुरमा गाडीले ठक्कर दिँदा भैरव गुठीका नाइकेको मृत्यु

भक्तपुर : सवारीसाधनले ठक्कर दिँदा भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालन गर्ने आकाश भैरव गुठीका नाइके मोतीबहादुर सुवालको शनिबार मृत्यु भएको छ ।

दैनिक नित्य पूजा गर्न घरबाट भक्तपुरको टौमढीस्थित भैरवनाथ मन्दिरतर्फ जाने क्रममा भक्तपुर–काठमाडौं ६ लेन सडकको घलातेंस्थित जेब्रा क्रसिंगबाट बाटो काट्दै गर्दा उनलाई गाडीले ठक्कर दिएको हो ।

उनलाई ठक्कर दिने सवारीसाधनको शनिबार रातिसम्म पहिचान हुन सकेको छैन । बिहान चार बजे नै घरबाट निस्केका उनलाई ४ः१० को समयमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माका अनुसार सवारीसाधनको ठक्करबाट घाइते ८४ वर्षीय भैरव नाइके सुवाललाई उपचारको लागि भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पताल लगिएको थियो ।

इवामुराबाट थप उपचारको लागि मध्यपुर थिमिस्थित मध्यपुर अस्पताल लगिएका सुवालको उपचारको क्रममा त्यही मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार भैरव नाइके भक्तपुर नगरपालिका ११ टौमढीस्थित भैरवनाथ मन्दिरमा बिहानको नित्य पूजा गर्न घलातेंस्थित घरबाट निस्केका थिए ।

बुहारी कृष्णलक्ष्मीको पछिपछि हिँड्दै गरेका उनलाई एक्कासी सवारीसाधनले पछाडिबाट ठक्कर दिएको प्रनाउ शर्माले बताए । उनका अनुसार सल्लाघारीबाट काभ्रेतर्फ जाँदै गरेको सवारीसाधनले सुवाललाई ठक्कर दिएको थियो । साथमा रहेकी बुहारी कृष्णलक्ष्मीका अनुसार सुवाललाई ठक्कर दिने सवारीसाधन तीव्र गतिमा रहेकाले कुन हो स्पष्ट ठम्याउन नसकिएको बताएकी छिन् । उनले उक्त सवारीसाधन रातो र पहेंलो रंगको ट्रिपर जस्तो भएको अनुमान लगाएकी छिन् ।

कृष्णलक्ष्मीकै अनुमानअनुसार प्रहरीले भैरवनाइके सुवाललाई ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रनाउ शर्मा बताउँछन् ।

भक्तपुर नपा १२ लाकोलाछेंका स्थायी बासिन्दा सुवाल २०७२ सालको भूकम्पले घर भत्काएपछि सूर्यविनायक नपा ५ घलातेंस्थित छोराको घरमा बस्दै आएका थिए ।

भैरवनाथ मन्दिरका नौजना नाइकेले पालैपालो दैनिक नित्य पूजा गर्ने नियमानुसार माघ महिनामा सुवालको पालो परेको थियो । सोहीअनुसार शनिबार बिहान पनि उनी भैरवनाथको नित्यपूजा गर्न बुहारी साथमा लिएर मन्दिरतर्फ आउँदै गरेका थिए तर कहिल्यै नफर्किने गरी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.