एयरपोर्टबाटै हरायो २५ सय डलर

एयरपोर्टबाटै हरायो २५ सय डलर

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणकोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ ।झन्डै १५ वर्षदेखि नेपालमा व्यापार गर्दै आएका कोरियाली नागरिक हुवा इन सुकको रकम चोरी भएको हो । सुक शुक्रबार साँझ कोरियन एयरबाट काठमाडौं आएका थिए । दक्षिणकोरियाको इन्चोन विमानस्थलबाट काठमाडौं आउने क्रममा सुकले पैसा भएको झोला 'ह्यान्ड ब्याग' बनाएका थिए । कोरियाली नागरिकको पैसा चोरी भएको घटनाबारे आफूहरूलाई जानकारी नभएको विमानस्थल प्रहरीले जनाएको छ ।

'ह्यान्ड ब्याग' राख्ने ठाउँमा नअटेपछि कोरियन एयरका कर्मचारीले सुकको झोला अन्य सामान भएकै स्थानमा लगेर राखिदिएका थिए । सुकको अरू सामान कन्टेनरभित्र रहेकाले ह्यान्ड ब्यागमात्र कन्टेनरबाहिर पर्‍यो । त्यसमा सुकको अन्य सामग्रीका साथै पर्समा ५ हजार नेपाली रुपैयाँ र खामभित्र २ हजार ५ सय डलर थियो । उनले ल्याएको जम्मा तीन हजारमध्ये ५ सय डलर विमानस्थल अध्यागमनमा भिसा लिँदा चाहिने भिसा 'फी' तिर्न झिकेका थिए ।

शुक्रबार साँझ काठमाडौं ओर्लिएपछि सुकले 'ह्यान्ड ब्याग' हेर्दा खाममा भएको २ हजार ५ सय अमेरिकी डलर र पर्समा रहेको ५ हजार नेपाली रुपैयाँ नभएपछि विमानस्थल प्रहरीलाई खबर गरेको स्रोतले बताएको छ । कोरियाली नागरिकले रकम हराएको जानकारी दिएपछि विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो ।

'म पैसा हराएकोमा कुनै नेपालीलाई दोष लगाउन चाहन्नँ', कोरियाली नागरिक सुकले भने, 'मेरो हराएको पैसाभन्दा नेपाल र दक्षिणकोरियाको सम्बन्ध माथि छ ।' नेपाल एयरलाइन्सले कोरियन एयरको ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ । नेपाल एयरलान्यसका कर्मचारीले कोरियन एयरबाट आउने सम्पूर्ण सामान झार्ने र ल्याउने काम गर्छन् ।

कोरियन नागरिकको पैसा हराएको थाहा पाएपछि विमानस्थल प्रहरीले कोरियन एयरका कर्मचारी, लोडर र ग्राउन्ड ह्यान्डलिङमा काम गर्ने नेपाल एयरलान्सका कर्मचारीलाई सोधपुछ गरेको स्रोतले बताएको छ । प्रहरीले सीसीटीभी दृश्य हेर्दा कसैले पैसा लगेको देखिँदैन । जहाजबाट सामान निकाल्ने क्रममै उक्त रकम चोरिएको हुनसक्ने विमानस्थल स्रोतले बताएको छ ।

सुन खोज्दा चाँदी भेटियो

विमानस्थलमा झन्डै एक महिनादेखि बेवारिस अवस्थामा रहेको झोला खोल्दा तीन किलो चाँदी भेटिएको छ । पुस २२ गते कुनै यात्रुले उक्त झोला बेवारिस छाडेका थिए । लामो समयसम्म झोला बेवारिस रहेपछि विमानस्थल प्रहरी र भन्सारका कर्मचारीले शुक्रबार झोला खोल्ने निर्णय गरेका थिए ।

झोलामा एकएक किलो चाँदीका तीनवटा बिस्कुट फेलापरेको प्रहरी स्रोतले बताएको छ । बेवारिस झोला खोल्नुअघि भन्सारका कर्मचारीले उक्त झोला 'स्क्रिनिङ मेसिन' मा हालेका थिए । मेसिनले झोलाभित्र मेटल भएको संकेत गरेपछि भन्सार कर्मचारीले ठूलो परिमाणमा सुन भएको आशंका गर्दै झोला खोलेका थिए । झोला कसको हो भन्नेबारे केही खुलेको छैन । पुस २२ गते ती यात्रु जेट एयरमा भारतको मुम्बईबाट आएका थिए ।

अमेरिकाबाट आएका व्यक्ति मुम्बई हुँदै काठमाडौं आएको र पक्राउ परिने डरले झोला छाडेर गएको हुनसक्ने प्रहरीले बताएको छ । बरामद चाँदी उच्च गुणस्तरको रहेको विमानस्थलका भन्सार कार्यालयका एक अधिकारीले अन्नपूर्णलाई बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.