निर्वाचन गराउन प्रधानमन्त्रीले आलटाल गरिरहेका छन्ः सिंह

निर्वाचन गराउन प्रधानमन्त्रीले आलटाल गरिरहेका छन्ः सिंह

काठमाडौंः सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले स्थानीय निर्वाचन गराउन आलटाल गरेको आरोप लगाएका छन्।

चुनाव गर्ने प्रतिवद्धतासहित बनेको प्रचण्ड नेतृत्वको सरकार पछिल्लो समय चुनाव आलटाल गर्ने दिशातर्फ अघि बढेको हो कि भन्ने आशंका बढ्न थालेको भन्दै सिंहले तत्काल निर्वाचनको मिति घोषणा गर्न मागसमेत गरे।

कांग्रेस काठमाडाैं महानगरपालिका ६ नम्बर वडा इकाई समितिको कार्यक्रमलाई आइतबार बिहान सम्बोधन गर्दै सिंहले तत्काल चुनावी वातावरण बनाउन अपिल गरे। उनले स्थानीय तह वा स्थानीय निकाय कुनचाहिँ चुनाव गर्ने भन्ने अन्योलता देखाएर सरकार चुनावबाट पछि हट्न खोजेको आरोप पनि लगाए।

उनले चुनावको प्रतिबद्धताबाट पछि हटे कांग्रेसलाई मान्य नहुने बताए। उनले कुनै पनि हालतमा चुनावको मिति घोषणा गर्न समेत सरकारसँग माग गरे।
नेता सिंहले स्थानीय निकायकै भएपनि तत्काल चुनाव गर्नु पर्ने पक्षमा आफूहरु रहेको बताए। सरकारले आलटाल गरेर समय गुजार्न खोजे जस्तो देखिएकाले चुनावका लागि इमान्दार बन्न समेत उनले आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.