जन्मिएको दुई घन्टामै चोरी भएका शिशु तीन दिनपछि भेटिए : एक महिला पक्राउ

जन्मिएको दुई घन्टामै चोरी भएका शिशु तीन दिनपछि भेटिए : एक महिला पक्राउ

वीरगन्ज : वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार जन्मिएको दुई घन्टा नबित्दै चोरी भएको शिशु आइतबार भेटिएका छन् । प्रहरीले शिशु चोरी कार्यमा संलग्न लालसा देवीलाई पर्साको बेलवा गाविस ९ मिलनचोकबाट पक्राउ गरेको हो। 

वीरगन्ज १ छपकैयाकी आशा देवीले अस्पतालमा शुक्रबार बिहान पौने ११ बजे जन्माएको नवजात शिशु (छोरा) एक अपरिचित महिलाले शुक्रबार दिउँसो डेढ बजे अस्पतालको बेडबाटै चोरेकी थिइन् ।

अस्पतालको शैयाबाटै शुक्रबार दिउँसो चोरी भएको नवजात शिशु शनिबार साँझसम्म फेला पर्न नसक्दा आमा आशादेवीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको थियो । 

अपरिचित एक महिलाले अस्पतालको बेडबाट बच्चा चोरेर फरार भएकी थिइन् । शुक्रबार अस्पतालबाट चोरी भएको बच्चासहित ती महिलालाई प्रहरीले आइतबार दिउँसो पर्साको बेल्वामा फेला पारेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

 

बच्चा चोरी भएपछि बच्चाका अभिभावक र गाँउलेले दुई दिनसम्म अस्पतालमा प्रदर्शन गरेका थिए । शनिबार दिउँसो अस्पतालमा भएको वार्तामा प्रहरी र अस्पताल प्रशासनले चोरी भएका बच्चाको खोजी गर्न प्रतिबद्धता जनाएपछि शनिबार दिउँसो ३ बजेदेखि प्रदर्शन स्थगित भएको थियो ।

याे पनि पढ्नुहाेस् 

बिहेको पाँच वर्षसम्म बच्चा नजन्मिएपछि शिशु चोरेको खुलासा

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.