जाजरकोटमा एक महिलाको विभत्स हत्या

जाजरकोटमा एक महिलाको विभत्स हत्या

जाजरकोटः जाजरकोटमा एक महिलाको विभत्स हत्या गरिएको छ। भेरीमालिका नगरपालिका–४ बोहरा की २४ वर्षीय राधिका सुनारको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भेरीमालिका नगरपालिका–४ स्थित पासागाड खोला नजिक ति महिलाको शनिवार राति हत्या भएको हो। महिलाको पेटमा छुरा रोपिएको र हातका आैंला काटिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए।

घटनाको प्रकृति हेर्दा लखेटी लखेटी मारिएको देखिएको रिमालले बताए। हत्यामा संलग्न भएको आरोपमा मृतकका पति दलबहादुर सुनारलाई पक्राउ गरिएको छ। घटनास्थलमा एउटा खुकुरी र जुत्ता फेला परेको छ। घरायसी झगडाका कारण पतिले नै हत्या गरेको मृतकका माइतीले आरोप लगाएका छन्।

मृतकका पति सुनार नेपाली सेनाको सुर्खेतस्थित नरसिंह दल गणमा सिपाहीमा पदमा कार्यरत छन्। यस अघि पनि पति दलबहादुरले ति महिलालाई पटक–पटक कुटपिट गरेर घरेलु हिंसा गर्ने गरेको मृतकका भाइ गोविन्द महरले बताए।

हप्ता दिन अघि विदामा घर आएका पति दलबहादुरले दिनहुँ चरम यातना दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी रिमालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.