महन्थ ठाकुरको चेतावनी–बन्दुकको बलमा चुनाव गर्न खोजे स्थिति जटिल हुन्छ

महन्थ ठाकुरको चेतावनी–बन्दुकको बलमा चुनाव गर्न खोजे स्थिति जटिल हुन्छ

काठमाडौंं: तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने स्पष्ट पारेका छन्।

ठाकुरले भने,‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदै। पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्तावमा छलफल गरेर यदि पारित भए पनि नभएपनि चुनावमा मोर्चा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना हो।’ उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा ठाकुरले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुलेजस्तै आफूहरु पनि सँगै लड्दै आएको उल्लेख गरे। उनले भने,‘हामी चुनावको विरोधी होइनौं। तर, समस्याको समाधान नगरी गरिने कुनैपनि चुनावले देशलाई निकास दिँदैन। त्यसैले पहिला समस्याको समाधान गर्नुपर्छ।’

ठाकुरले संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताए। उनले भने,‘यदि यो सरकारले बलपूर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ।’ ठाकुरले राज्यले जनताका जायज मागहरुलाई हिंसाद्वारा दबाउँदै आइरहेको आरोप लगाए। उनले भने,‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै हल गर्नुपर्छ, संवैधानिक समस्याको समाधानपनि संवैधानिक रुपमै गर्नुपर्छ, अहिलेको समस्या पनि राजनीतिक हो, त्यसैले यसको समाधान राजनीतिक रुपमै हुनुपर्छ।’

हालै सरकारले सिके राउतलाई गरेको गिरफ्तारीको बारेमा तपाईको भनाई के छ भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘गिरफ्तारी र हत्या गरेर समस्या समाधान हुँदैन। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारपनि संविधान संशोधनमा उदासिन देखिएको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.