पाल्पामा लोकप्रिय बन्दै तेक्वान्दो

पाल्पामा लोकप्रिय बन्दै तेक्वान्दो

पाल्पाः पाल्पामा तेक्वान्दो खेल दिनहुँ लोकप्रिय बन्दै गएको छ । सदरमुकाम तानसेनमा रहेका सबैजसो विद्यालयमा तेक्वान्दो दोजाङ गठन गरी नियमित रूपमा खेल सञ्चालन हुँदै आएको छ ।

नियमित खेल अभ्यासका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाल्पाले हरेक पटक पदक जित्दै आएको छ । तानसेनमा आयोजना भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि यहाँका सबै विद्यालयले सहभागिता जनाए । दुई दिनसम्म चलेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तेक्वान्दोतर्फ एक सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा स्पाइरिङतर्फ २० देखि २५ केजी तौलसमूहमा तानसेन तेक्वान्दो दोजाङका राजन रेग्मी प्रथम, बेथल तेक्वान्दो दोजाङका गणेश थापा दोस्रो, प्यारागन दोजाङका कविर ढकाल र सुजन श्रेष्ठ तेस्रो भए ।

२६ देखि ३० केजी तौलसमूहमा प्यारागन दोजाङका अमर राई प्रथम, वेथल दोजाङका विपिन जर्घा दोस्रो, तानसेन दोजाङका अंकित थापा र आशीष अधिकारी तेस्रो भए । ३१ देखि ३५ केजीमा बेथल दोजाङका नेल्सन आले पहिलो, रमेश नेपाली दोस्रो, प्यारागन दोजाङ्का सुमन श्रेष्ठ र प्रिपेटोरी दोजाङका रमेश नेपाली तेस्रो भए ।

३६ देखि ४० केजीमा तानसेन दोजाङ्का अर्जुन गैरे प्रथम, मदरल्याड दोजाङ्का उत्तम खासु दोस्रो, वेथल दोजाङ्का नवीन सारु र मदरल्यान्ड दोजाङका थेमन हमालले तेस्रो स्थान हासिल गरे । ४६ देखि ५० केजीमा वेथलका अभिषेक सारु प्रथम, प्रशान्तिका मनबहादुर आले दोस्रो, तानसेन दोजाङका निर्दोष देवकोटा र प्रिपेटोरीका रिजन सारु तेस्रो भए ।

त्यस्तै पुरुष प्याटनतर्फ पहेँलो पेटीमा वेथल दोजाङका विशाल काम्मु प्रथम र प्यारागन दोजाङका रोशन दर्लामी दोस्रो भए । हरियो पेटीमा प्यारागनका विकास थापा प्रथम, प्रशान्ति दोजाङका सरोज गाहा दोस्रो भए । नीलो पेटीमा वेथल दोजाङका रूपेश रेश्मी प्रथम र महेश घर्ती दोस्रो भए । रातो पेटीमा प्रशान्तिका निकेश थापा प्रथम र वेथलका नेल्सन आले दोस्रो भए ।
यसैगरी महिला स्पारिङतर्फ २५ देखि ३० केजीमा वेथलकी पुष्पा थापा प्रथम, निशा कुँवर दोस्रो, तानसेन दोजाङकी रोशनी थापा र वेथलकी प्रशंसा कार्की तेस्रो भइन् । ३० देखि ३५ केजीमा प्यारागन दोजाङकी सञ्जीवनी दर्लामी प्रथम, मदरल्यान्डकी रीता नेपाली दोस्रो भइन् । त्यस्तै ४१ देखि ४५ केजीमा मदरल्यान्डकी सम्झना हिताङ प्रथम, प्रशान्तिकी बिना परियार दोस्रो, सोनी घर्र्ती तेस्रो भइन् । ४६ देखि ५० केजीमा मुना दिशा प्रथम, मदरल्यान्डकी रिया रुचाल दोस्रो भइन् ।

महिला प्याटनतर्फ प्यारागनकी समीक्षा गाहामगर प्रथम, वेथलकी निशा कुँवर दोस्रो भइन् । हरियोमा तानसेन दोजाङकी रोशनी थापा प्रथम, वेथल दोजाङकी प्रशंसा कार्की दोस्रो भइन । नीलो पेटीमा मदरल्यान्ड दोजङकी रिया रुचाल प्रथम, प्रशान्ति दोजाङकी सृष्टि सोती दोस्रो स्थान हात पारिन् । रातो पेटीमा वेथल दोजाङकी शीतल विरकट्टा पहिलो र अस्मिना थापा दोस्रो भइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.