लेखक बन्न स्टेफन किंगका २१ सूत्र

 लेखक बन्न स्टेफन किंगका २१ सूत्र


५० भन्दा बढी पुस्तक लेखेर किताब लेखेर संसारभर लाखौं पाठकबीच परिचित छन् अमेरिकी लेखक स्टेफन किंग । आफ्नो संस्मरणात्मक कृति ‘अन राइटिंग'मा उनले सफल लेखक हुनका लागि गरेका प्रयासहरू उल्लेख गरेका छन् । उनले गरेका अभ्यासहरूलाई बुँदागत रूपमा तयार पारिएको छ ।

१. टेलिभिजनमा नभुल, सके जति पढ ।
टेलिभिजन सिर्जनशीलताको लागि विष बराबर हो । टेलिभिजन छोड्नुस् र किताब समात्नुहोस् । यदि लेखक बन्न चाहनुहुन्छ भने दुई काम गर्नैपर्छः प्रशस्त पढ्नुपर्छ, प्रशस्त लेख्नुपर्छ ।

२. आफूले सामना गर्न सक्ने भन्दा पनि बढी असफलता र आलोचना भोग्न तयार होऊ ।
आख्यान लेख्नु भनेको बाथटबबाट प्रशान्त महासागर तर्नुजस्तै हो । त्यहाँ प्रशस्त अवसर छन् सँगै चुनौती पनि । यदि तपाईं लेख्नुहुन्छ भने कसै न कसैले हतोत्साही गर्ने प्रयास गर्छ । तर आत्तिनुहुँदैन । कहिलेकाहीँ तपाईंलाई मन नलाग्दा पनि लेख्नुपर्छ । लेख्न गाह्रो लागेर लेख्न छोड्नु जत्तिको खराब तरिका केही हुँदैन । अनि असफलता भोगेको क्षण पनि आशा छोड्नुहुँदैन । आशावादी भइरहनु नै असफलताविरुद्ध सबैभन्दा ठूलो जवाफ हो ।

३. मानिसहरूलाई खुसी बनाउन समय खर्च नगर्नुहोस् ।
यदि तपाईंले सत्य लेख्नुहुन्छ भने भलाद्मीको सर्कलमा तपाईं मन पराइन छोडिन्छ । मलाई अनेक आरोप लगाएर पत्र पठाइन्थ्यो । ४० वर्षको भएपछि मैले बुझेँ- म मेरो भारमात्र बोक्न सक्छु । कसैले पनि सबै पाठकलाई खुसी बनाउन सक्दैन ।

४. पहिला आफ्नो लागि लेख्नुहोस् 
लेखनले आनन्द दिन्छ भनेमात्र लेख्ने हो । मैले लेखनमा पूर्ण आनन्द पाएँ, सधैंभरि पाइरहेँ । आफ्नो मन छुने विषय फेला पार्नुस् र त्यसैबारे लेख्नुहोस् ।

५. लेखनमा गाह्रो पर्ने सबैसँग सामना गर्नुस् 
सबैभन्दा महत्वपूर्ण के हो भनेर बताउन गाह्रो हुन्छ । कहिलेकाहीँ आफूले भन्न चाहेको लेख्ने शब्द नै पाउँदैन । लेखनले तपाईंको चिन्तन खार्छ । अप्ठ्यारा विषयसँग सामना गर्दा गहिराइमा गइन्छ । कथा खोज्नु भनेको जमिनमुनिबाट अवशेषहरू खोतल्नुजस्तै हो । त्यो चुनौती सामना नगरेसम्म लेखक भइँदैन ।

६. संसारसँग सम्बन्ध तोड्नुहोस् 
लेखन एकदमै अन्तरंग क्रियाकलाप हो । कोठाको एक कुनामा टेबल राख्नुस् र फोनदेखि खुला झ्यालसम्म बाधा पुर्‍याउने सारा तत्वहरूलाई फालिदिनुस् । ढोकाबन्द गरेर लेख्नुस् । खोलेर पुनः लेखन गर्नुस् ।

७. आडम्बर नबन्नुस्
कहिल्यै पनि जार्गन, स्वाँग पार्ने, फैसला दिने खालका शब्द प्रयोग नगर्नुस् । यी आडम्बरका चिन्ह हुन् । अनि आवश्यक नहुँदासम्म प्रतिकको पनि प्रयोग नगर्नुस् ।

८. लामा अनुच्छेद हटाउनुसः लामा अनुच्छेदहरू नर्क जाने बाटो हुन् । अनुच्छेदहरू लयमा हुनुपर्छ र छोटा हुनुपर्छ । जति भन्न खोजेको त्यतिमात्र भन्नुपर्छ ।

९. व्याकरणको अनावश्यक बन्धनमा नपर्नुहोस्
भाषाले सधैंभरि टाई लगाउनुपर्छ र जुत्ताको तुना बाँध्नैपर्छ भन्ने छैन । आख्यानको उद्देश्य व्याकरणीय शुद्धता कायम राख्नु होइन, पाठकहरूलाई कथा भन्नु हो । तपाईंको प्रयास पाठकले पढिरहँदा कथा पढ्दैछु भन्ने ख्याल नगरी पढ्ने बनाउने हो ।

१०. व्याख्या गर्न उस्ताद बन्नुस्
लेखकको कल्पनामा व्याख्या सुरु हुन्छ र पाठकको कल्पनामा टुंगिन्छ । धेरै लेख्नु महत्वपूर्ण होइन । पाठकलाई पढिरहेको विषय अनुभूति गराउने हो । पाठकले कस्तो महसुस गरोस् भन्ने चाहनुहुन्छ त्यस्तै कल्पना गर्नुस् । त्यसलाई शब्दमा उतार्नुस् । सुन्दर व्याख्याको सौन्दर्य अवलोकन र लेखन दुवैमा प्रस्ट हुनु हो । सरल शब्द प्रयोग गर्नुस् र ताजा दृश्य बयान गर्नुस् ।

११. अनावश्यक पृष्ठभूमि नबताउनुस्
आफूले जानेको विषयमा व्याख्यान दिनु र कथा भन्नु फरक हो । कथालाई अगाडि बढाउन चाहिनेभन्दा बढी पृष्ठभूमि आवश्यक छैन । आवश्यक पर्छ भने खोज गर्नुस् तर त्यो खोजले कथालाई नै ओझेल नपारोस् ।

१२. मान्छेले वास्तवमै के गर्छन् त्यसको कथा भन्नुस्
झुर लेखन खराब वाक्यगठन र गलत अवलोकनमात्र होइन । मानिसले गरेको वास्तविक कर्म नभन्नु नै खराब लेखन हो ।

१३. चुनौती मोल्नुस्
डर नै खराब लेखनको मुख्य जरो हो । लेखकले छाती फुकाएर लेख्नुपर्छ ।

१४. विश्वास गर्नुस्, लेखक हुन लत चाहिंदैन
सिर्जनशील कर्मको लागि रक्सी वा चुरोट केहीको लत चाहिन्छ भन्ने धारणा छ । विश्वास गर्नुस्, त्यस्तो कुनै लत चाहिँदैन ।

१५. नक्कल नगर्नुस्
किताब क्रुज मिसाइलजस्तो हुँदैन । अभ्यासमा बाहेक अरूबेलामा कुनै पनि लेखकको नक्कल गर्दा तपाईंले केही लेख्नै सक्नुहुन्छ । नक्कल गर्दा तपाईंले कसैको पनि अनुभती, शब्दज्ञान र प्लट दुरुस्तै लेख्न सक्नुहुन्न ।

१६. लेखन टेलिप्याथीजस्तै हो
लेखन टेलिप्याथीजस्तै हो भन्ने बुझ्नुस् । लेखनको सबैभन्दा महत्वपूर्ण तत्व प्रसारण हो । तपाईंको काम एउटा कागजमा लेख्नेमात्र होइन । लेखन त तपाईंको खोपडीमा भएको विचार पाठकसम्म पुर्‍याउने कर्म हो । शब्दहरू यो प्रसारणका माध्यम मात्र हुन् ।

१७. लेखनमा गम्भिर बन्नुहोस् लेखनमा गम्भीर नहुने हो भने तुरुन्तै लेख्न बन्द गर्नुस् र अरू काम थाल्नुस् । गम्भीरताबिनाको लेखनको कुनै काम छैन ।

१८. हरेक दिन लेख्नुस्
जब म कुनै विषयमा लेख्न सुरु गर्छु, रोकिँदै रोकिन्नँ । हरेक दिन लेखिन भनेँ मेरो मस्तिष्कमा पात्रहरू छितरिन सुरु गर्छन् अनि मैले कथाको प्लट नै बिर्सन्छु ।

१९. सकेपछि आराम गर्नुस्
कुनै कृति लेखेपछि कम्तीमा ६ हप्ता आराम गर्नुस् । यसो गर्दा तपाईंले लेखेको कृतिका खोट भेटाउन सक्नुहुन्छ ।
२०. फाल्ने हिम्मत राख्नुस् ।

लेखनको महत्वपूर्ण चरण पुनः लेखन हो । कहिलेकाहीँ आफैंले लेखेको काट्न गाह्रो हुन्छ । कुनै पनि दयामाया नराखी अनावश्यक शब्द, वाक्य र अनुच्छेद फाल्ने हिम्मत राख्नुस् ।

२१. स्वस्थ हुनुस्, बिहे गर्नु स्वस्थ शरीर र बलियो सम्बन्धले सिर्जनामा प्रेरणा दिन्छ । त्यसैले मन परेको मानिससँग बिहे गर्नुस् । सम्बन्ध सुमधुर राखिराख्नुस् ।
(एजेन्सीहरूको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.