सिमरा गोल्डकपमा विजय युथ सेमिफाइनलमा

सिमरा गोल्डकपमा विजय युथ सेमिफाइनलमा

सिमरा: सरस्वती युथ क्लबलाई सडन डेथमा स्तब्ध पार्दै साबिक विजेता हेटौंडाको विजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सिमरा रंगशालामा आइतबार भएको रोमाञ्चक भिडन्तमा सरस्वतीलाई पन्छाउँदै विजय युथले अन्तिम चारको यात्रा तय गरेको हो। यस सिजनमा सरस्वतीविरुद्ध विजय युथको यो दोस्रो जित हो। यसअघि हेटौंडामा सम्पन्न सुमन भोम्जन स्मृति कपमा पनि विजय युथले सरस्वतीलाई टाइब्रेकरमा पराजित गरेको थियो।

उपाधि होडमा आफूलाई कायम राख्ने क्रममा विजय युथले नतिजाका लागि सडन डेथसम्म संघर्ष गर्नुपर्‍यो। निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेले। गोलरहित बराबरीपछि समय अभावले खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा पनि दुवै टोलीले ३-३ को बराबरी खेलेपछि नतिजा सडन डेथबाट निस्किएको हो।

सडन डेथमा बिजय युथका अशोक थापाले बिजयी गोल गरे। सरस्वतीका तीर्थ बस्नेतले प्रहार गरेको बल पोस्टमा ठोक्किएर फर्किएको थियो। यसअघि टाइब्रेकरमा विजय युथका सुनील बल, सुरज विष्ट र अभिषेक रिजालले बललाई जाली चुमाए। विजय युथका वर्षात् गुरुङ प्रहार भने सरस्वतीका गोलरक्षक कृष्ण चौधरीले बचाउ गर्दा सञ्जय राजवाहकको बल पोस्ट नजिकैबाट बाहिरिन पुगेको थियो।

सरस्वतीका लागि जोनम लिगल, सेनेहाङ लिम्बू, रमेश घिसिङले गोल गरे। दिपेश श्रेष्ठको बल विजय युथका गोलरक्षक अशोक बरालले बचाउ गरे भने सविन खड्काका प्रहार भने क्रसबारमाथिबाट बाहिरियो। रोमाञ्चक टाइब्रेकरपछि सडन डेथमा बिजय युथका अशोक बरालले उत्कृष्ट प्रदर्शन देखाए।

यसअघि खेलको पाँचौं मिनेटमा विजय युथले गोल गर्ने सुनौलो अवसर गुमायो। विजय युथका बीके लामाको प्रहार सरस्वतीका बबि बजेज्गोले गोल लाइनबाट क्लियर गरे। सरस्वतीका गोलरक्षक कृष्ण चौधरी अघि बढेको मौकाको फाइदा उठाउँदै बिकेले उत्कृष्ट प्रहार गरेका थिए।

सुरुवातमै पाएको अवसर चुकाउन पुगेको विजय युथले २७ औं मिनेटमा अग्रता लिने अर्को मौका गुमायो। सुजित राजवाहकको पासलाई सुनील बलले सदुपयोग गर्न सकेनन्। विजय युथविरुद्ध पहिलो हाफमा केही अवसर बनाएको सरस्वतीको फिनिसिङ पक्ष पनि निकै कमजोर देखियो।

सरस्वतीका अग्रपंक्तिका खेलबीच तालमेलको अभाव खड्कियो। ४५औं मिनेटमा विजय युथका गरेको बल सुजित बुढाथोकीको उत्कृष्ट प्रहार क्रसबारमाथिबाट बाहिरिँदा पुग्यो। दोस्रो हाफमा खेलाडी फर्मेसन परिवर्तन गरेको विजय युथले सरस्वतीलाई दबाबमा राख्दै केही अवसर सिर्जना गर्‍यो। खेलको ५० औं मिनेटमा विजय युथका भरपर्दा स्ट्राइकर सुनिल बलले डीबक्स भित्र पाएको बललाई फितलो प्रहार गरे।

रोमाञ्चक खेलको ५३औं मिनेटमा सरस्वतीका तीर्थ बस्नेत वन भर्सेस वनको स्थितिमा चुके। तीर्थसामु विजय युथका गोल रक्षक अशोक बराल बाधक बने। खेलको ७४औं मिनेटमा कप्तान दिपेश श्रेष्ठको पासलाई सदुपयोग गर्दै जोनम लिगलले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिन पुुग्दा सरस्वतीको प्लेयर बक्स स्तब्ध बन्न पुग्यो।

सरस्वतीले गोल गर्ने अवसर चुकाएलगत्तै काउन्टर बलमा विजय युथका सुजित बुढाथोकीको अर्को प्र्र्रहारले पोस्टको दिशा लिन सकेन। सुजितको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्दा निर्धारित समय बराबरीमा सकियो।

विजय युथका अशोक बराल खेलको म्यान अफ दी म्याच घोषित भए। उनले पाँच हजार नगद प्राप्त गरे। प्रतियोगिताअन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब र रूपन्देही ११ बीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.