लुट-२ सँग टोकलाको आवद्धता
काठमाडौं: टोकला चियाको उत्पादक नेपाल चिया विकास निगमले ग्राहकका लागि आकर्षक योजना प्रस्तुत गरेको छ। निगमले बहुप्रतिक्षित चलचित्र लुट-२ सँग सहकार्य गर्दै नयाँ योजना ल्याएको हो।
योजनाअन्तर्गत टोकलाका ग्राहकले लुट-२ का कलाकारसँग भेटघाट तथा सहभोज गर्न पाउनेछन्। सर्वसाधारणका लागि आयोजना गरिएको यस कार्यक्रममा सहभागी बन्नलाई विशेष प्रतियोगिताको आयोजना गरेको छ।
यस प्रतियोगितामा हालसम्म सयौं जनाले सहभागिता जनाइसककेका छन्। उक्त योजनामा सहभागी हुन मोबाइल नम्बर ९८०८६४०१०० मा मिसकल दिनुपर्ने निगमले जनाएको छ।
हरेक साता मिसकल दिने मध्येबाट लक्की ड्रमार्फत दुई जनालाई सहभोजका लागि सहभागी गराइने कम्पनीले जनाएको छ। यसरी छानिएका भाग्यशाली विजेताले लुट-२ का कलाकारसँग भेटघाट तथा सहभोज गर्ने मौका पाउनेछन्। यो योजना फागुन १ गतेबाट सुरु हुनेछ।