जनता बैंकको शाखारहित बैंकिङ सेवा कैलालीमा
कैलाली: कैलालीको चाउमला, पहलमानपुर, राजीपुर, मसुरिया तथा हसुलिया गाविसमा सक्षम एक्सेस टु फाइनान्सको सहयोगमा जनता बैंकले पाँच वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
शाखारहित बैंकिङ सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय धनगढीका निर्देशक वि श्रुत थापाले गरेका थिए। थप पाँच शाखासहित जनता बैंकको शाखारहित सेवा संख्या १८ पुगेको छ।
सक्षमको लागत तथा प्राविधिक साझेदारीमा नेपालका ग्रामीण भेगसम्म वित्तीय सेवा विस्तार गर्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको जनाइएको छ।
राष्ट्र बैंकको अभियानलाई पूरा गर्न उक्त सेवाले महत्वपूर्ण योगदान पुर्याउने थापाको भनाइ थियो। यूकेएड सक्षम कार्यक्रमका सहायक प्रबन्धकले नेपालका दुर्गम स्थानमा वित्तीय सेवा पुर्याउन साझेदारी गरिरहेको बताएका थिए।