एसएसपी खत्रीलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौंः ३३ किलो सुन काण्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि चार दिन थुनामा राख्न अनुमति दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खत्रीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुनसहित तीन जना पक्राउ परेको विषयमा थप अनुसन्धान गर्नेक्रममा सीआईबीले एसएसपी खत्रीलाई आइतबार नियन्त्रणमा लिएको थियो।
सुन बरामद भएको समयमा खत्री विमानस्थलमा कार्यरत थिए।