आईएसआई एजेन्ट पक्राउ

आईएसआई एजेन्ट पक्राउ

वीरगन्जः नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्न भएको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ ।

बारा कलैया नगरपालिका ८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको आरोप लागेको थियो । दीपकराम र अरुणरामका शव पुस १३ गते बाराको हरैया जंगलमा घाँटी रेटिएको अवस्थामा फेलापरेको थियो । पाकिस्तानको जासुसी संस्था आईएसआईको निर्देशनमा भएको हत्यामा होदाको संलग्नता रहेको खुलेको थियो ।


दुबईमा बसेर आईएसआईका लागि काम गरेको आरोप लागेका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी कलैयामा सोमबार ल्याएको हो । प्रहरीले ती दुई भारतीयको हत्यामा संलग्न गरेको आरोपमा बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियाका गिरी बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका १० रंगपुरका मोजाहिद्दिन अन्सारी र शम्भु भनिने लड्डुलाई यसअघि नै पक्राउ गरिसकेको छ । होदालगायत उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ ।

दुबईबाट पक्राउ गरी ल्याइएका होदासहित चारैजनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकारसम्मेलन गरी सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ । बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले भने, ‘घटना र पक्राउ आरोपितबारे मंगलबार पत्रकारसम्मेलनमा जानकारी गराउनेछौं ।'

अहिले पक्राउ परेका चारजनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा ती दुई भारतीयको हत्या गर्दाको भिडियो रेकर्डिङसमेत फेलापरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

नेपालमा आईएसआईको एजेन्टका रूपमा काम गर्दै आएका दुबईमा रहेका कलैयाका होदाकै निर्देशनमा भारतीय दीपक र अरुणको हत्या गरिएको तथ्य प्रहरी अनुसन्धानमा खुलेको थियो ।

अक्टुबर १ मा बाराको सिमाना जोडिएको भारतको घोडासहनस्थित रेलवे ट्र्याकमा बम राख्न होदाले बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियका बृजकिशोर गिरीमार्फत रक्सौल गम्हरीका उमाशंकर पटेललाई ६ लाख भारतीय रुपैयाँ अग्रिम दिएको खुलेको थियो ।

बारा प्रहरीका अनुसार उमाशंकरले रेल्वे ट्र्याकमा बम राख्न मृतक दुई भारतीयलाई जनही ३÷३ लाख भारतीय रुपैयाँ दिएका थिए । बम विस्फोट भएपछि दीपक र अरुणलाई कुल ३० लाख भारतीय रुपैयाँ दिने सहमति उनीहरूबीच भएको प्रहरी स्रोतले बतायो ।

तर दीपक र अरुणले रेलवे ट्र्याकमा राखेको प्रेसरकुकर बम प्राविधिक त्रुटिका कारण नपड्केपछि आतंक मच्चाउने उनीहरूको योजना असफल भएको थियो । बम विस्फोट गराउन नसकेपछि दीपक र अरुणलाई पुस १३ गते बाराको जंगलमा बोलाएर बृजकिशोर गिरीले कलैयाका मोजाहिद्दिन अन्सारी र शम्भु भनिने लड्डुको सहयोगमा घाँटी रेटेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.