स्थानीय निर्वाचन गर्नैपर्छ : प्रधानमन्त्री प्रचण्ड

स्थानीय निर्वाचन गर्नैपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन हुने बताएका छन् । मंगलबार दिउँसो निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनमा कुनै शंका नगर्न आग्रह गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘निर्वाचन सम्बन्धि ऐन पारित भइसकेका छन् । सरकार निर्वाचनको तयारीमा लागिरहेको छ ।’

प्रधानमन्त्रीले निर्वाचनमा शंका नगर्न समेत सबैलाई आग्रह गरेका छन्। ‘अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

कार्यक्रममा प्रधानमन्त्रीले अब नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको बताउदै भने, ‘यसपालि म देशका विभिन्न भागमा पुगें, दुर्गम ठाउँका जनता प्रविधिमा अभ्यस्त छन्, अब नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत हो ।’

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने भन्दै आयोगले सरकार र व्यवस्थापिका–संसदले दिने निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोग तयार रहेको जानकारी दिए ।

कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.