सेञ्चरीको नाफा ३९ प्रतिशतले बढ्यो
काठमाडौं: सेञ्चुरी कमर्सियल बैंकदृ चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ३९ लाख खुद नाफा आर्जन गरेको छ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३९.३० प्रतिशतले बढी हो। दोस्रो त्रैमासमा बैंकको चुक्ता पूँजी तीन अर्ब ६८ करोड पुगेको छ भने जगेडा कोषमा ८३ करोड ५९ लाख राखेको छ।
बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब एक करोड कर्जा प्रवाह गर्न सफल भएको छ। गत वर्षको सोही अवधिमा बैंकले २४ अर्ब आठ करोड निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो।
बैंकको प्रतिसेयर आम्दानी १२.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय २२ रुपैयाँ ६६ पैंसा तथा मूल्य आम्दानी अनुपात २७.५१ गुणा रहेको छ।
बैंकले आठ अर्ब पुँजी पुर्याउन इनोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनीको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ। नपुग रकम हकप्रद तथा बोनस शेयर जारी गरी पुर्याउने लक्ष्य बैंकको छ।