संकटा फाइनलमा

संकटा फाइनलमा

सिमराः सीएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा संकटाले साबिक विजेता विजय युथ क्लबलाई २-१ गोलले हरायो । विजय युथले खेलको सुरुआतमै लिएको अग्रतालाई उल्टाउँदै संकटा उपाधि नजिक पुगेको हो ।

विजय युथले खेल सुरु भएको ४५ सेकेन्डमै सुरुआती गोल गरेको थियो । संकटाका रक्षापंक्ति सम्हालिन नपाउँदै विजय युथका विमल रानामगरले गोल गरेका थिए । सुमन बलले मिलाएको पासलाई उनले सदुपयोग गरेका थिए । संकटाका गोलरक्षक विनय श्रेष्ठले अगाडि बढेको मौकाको फाइदा उठाउँदै विमलले प्रहार गरेको बलले सीधै जाली चुम्न पुगेको थियो । संकटाले खेलको २७ औं मिनेटमा बराबरी गोल फर्कायो ।

डीबक्सभित्र पाएको बललाई सदुपयोग गर्दै संकटाका अनिल गुरुङलले खेल १-१ को स्थितिमा पुर्‍याए । गोलरक्षक अशोक बरालले अनिलको प्रहार रोक्न चुकेका थिए । खेल सकिन एक मिनेट बाँकी छँदा संकटाका विश्व अधिकारीले प्रहार गरेको कर्नर बलले सीधै जाली चुमेपछि विजय युथ हार खेप्न बाध्य बनेको थियो । उक्त प्रहार रोक्न विजय युथका गोलरक्षक अशोक बराल पूर्णरूपमा असफल देखिए । खेलका क्रममा घाइते भएका अशोक त्यसलगत्तै मैदानबाट बाहिरिएका थिए ।

अन्तिम समयमा गोल खाएपछि निकै तनावमा देखिएको विजय युथले इन्जुरी समयमा गोल फर्काउने राम्रो अवसर गुमाएको थियो । सुनिल बलले डीबक्स भित्र पाएको वन भर्सेस वनको स्थितिलाई सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ दी म्याच संकटाका विश्व अधिकारी घोषित भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए । विजय युथका प्रशिक्षक सुविन घिमिरले टिमले सम्हालिन नसक्नुनै पराजयको कारण भएको प्रतिक्रिया दिए ।

उत्कृष्ट प्रदर्शन गर्दै बनाएको अवसर सदुपयोग गर्न नसक्दा जित संकटलाई सुम्पनु परेको घिमिरले बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले जित हात पारे पनि खेलाडीले अझै सुधारिएर प्रदर्शन गर्न जरुरी रहेको बताए । खेलमा एक गोलले पछि परेपछि तालमेल केही गुम्न पुगे पनि सम्हालिएर खेलेको उनको भनाइ थियो । बिहीबार त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.