विश्व क्रिकेट लिग: बन्द प्रशिक्षणका लागि २४ खेलाडी छानिए
काठमाडौँ: आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि २४ खेलाडी छानिएका छन्।
छानिनेहरुमा राष्ट्रिय क्रिकेट टोलीका पारस खडका, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अमित श्रेष्ठ, दिलीप नाथ, सुसन भारी, मेहबुब आलम, करण केसी तथा सागर पुन रहेका छन्।
यस्तै सो टोलीमा शरद भेषावकर, कुशल भुर्तेल, वसन्त रेग्मी, विक्रम सोब, शक्ति गौचन, भुवन कार्की, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दीप लामिछाने गरी २४ जना छानिएका हुन्।
छानिएका सबै खेलाडीलाई आगामी फागुन १ गतेबाट बन्द प्रशिक्षणमा राखिने बताइएको छ। बन्द प्रशिक्षणबाट १४ खेलाडी केन्याविरुद्धको खेलका छानिनेछन्।