नेपाल एसबिआईले शेयरधनीलाई बोनश सेयर र नगद लाभांश दिने

नेपाल एसबिआईले शेयरधनीलाई बोनश सेयर र नगद लाभांश दिने

काठमाडौं: नेपाल एसबिआई बैंकका शेयरधनीहरुले २३औँ वार्षिक साधारणसभा समपन्‍न गरेको छ। त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा भएको साधारणसभामा आ.व. २०७२/७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित भएको हो।

बैंकले २०७२/७३ मा २४१.६१ करोड सञ्चालन मुनाफा र रु. १३३.१९ करोड खुद मुनाफा हासिल गरेको छ। सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा २८ प्रतिशतका दरले वोनश शेयर र १.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

यस्तै बैंकको २२औँ साधारणसभाबाट पारित भए बमोजिम १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३ सय ६० रकम बराबर (अर्थात प्रत्येक १० कित्ता शेयर बराबर ४ कित्ताका दरले) हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा हकप्रद शेयर जारी गर्ने र सो शेयर जारी गर्दा आउने भिन्न अंकलाई शेयरधनीबाट थप रकम लिई पूर्ण अंकमा परिणत गर्ने निर्णय गरेको छ।

यसरी पूर्ण अंकमा परिणत गर्ने क्रममा वर्तमान शेयरधनी समूहको शेयर स्वामित्व कायमै राख्न संस्थापक शेयरधनीबाट जति रकम थप्न आवश्यक पर्छ सो रकम संस्थापकबाट समेत थप लिई संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व ७०:३० कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ।

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७२/०७३ को वित्तीय विवरण सहितको एकीकृत ९ऋयलकयष्मिबतभम० वित्तीय विवरण समेत स्वीकृत गरेको छ।

उक्त सधारणसभाले आ.ब. २०७३/७४ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिएल श्रेष्ठ एण्ड कं.चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्तl एवं निजको पारिश्रमिक निर्धारण गरेको छ। साधारण सभाबाट पारित वार्षिक आर्थिक विवरण अनुसारका वित्तीय परिसूचकहरुलाई यसै विज्ञप्तीमा संलग्न गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.