नयाँ आइजी आईतबार नियुक्त गरिने प्रधानमन्त्रीको आश्‍वासन

नयाँ आइजी आईतबार नियुक्त गरिने प्रधानमन्त्रीको आश्‍वासन

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ प्रहरी प्रमुख छनौटमा त्रिपक्षीय विवाद टुंग्याउन आइतबारसम्मको समय मागेका छन्।

मन्त्रिपरिषदको बिहिबार बालुवाटारमा बसेको आकस्मिक बैठकमा प्रधानमन्त्री दाहालले नयाँ प्रहरी प्रमुख नियुक्तिका बारेमा राजनीतिक दलहरुका बीचमा भइरहेको छलफललाई आइतबारसम्म टुंग्याइने जानकारी गराएको एक मन्त्रीले बताए।

ती मन्त्रीका अनुसार नयाँ प्रहरी प्रमुख छनौटमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि वीच त्रिपक्षीय विवाद देखिएको छ।

'पार्टीहरुबीचको छलफलमा समझदारी कायम गरी आइतवारसम्म टुंग्याइन्छ' प्रधानमन्त्री दाहालको भनाई उघृत गर्दै ती मन्त्रीले अन्नपूर्णसँग भने। प्रधानमन्त्री दाहालले बैठकमा आइजी नियुक्ति प्रकरणमा भइरहेको विवादका बारेमा जानकारी गराएका थिए।

देउवा र निधिको बुधबार भएको छलफलपछि काँग्रेसका तर्फबाट जयबहादुर चन्दलाई आइजी बनाउने समझदारी भएको स्रोतले जनाएको छ। आइजीका लागि नवराज सिलवाल र प्रकाश अर्यालको दाबी पनि कायमै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.