शेर्पालाई पन्छाउँदै आर्मी उपाधि नजिक

शेर्पालाई पन्छाउँदै आर्मी उपाधि नजिक

सिमराः हिमालयन शेर्पाविरुद्ध रोमाञ्चक जित हात पार्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब आठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको खेलमा हिमालयन शेर्पालाई २-१ गोल अन्तरले पन्छाउँदै आर्मीले उपाधि भिडन्त सुरक्षित गरेको हो । आर्मीले उपाधिका लागि सीएमजी संकटासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । साविक विजेता विजय युथ क्लबलाई पराजित गर्दै संकटाले यसअघि नै फाइनल सुरक्षित गरिसकेको छ ।

आर्मीको जितमा टंक बस्नेतले एक गोल गरे भने एक गोल शेर्पाका खेलाडीले आत्मघाती रूपमा उपहार दिए । हिमालयन शेर्पाका लागि हेमन गुरुङले गोल गरे पनि त्यो पर्याप्त हुन सकेन ।

निकै तालमेल देखाएको विभागीय टोलीका खेलाडीले शेर्पालाई सुरुआतदेखि नै दबाबमा राखेका थिए । आक्रामक सुरुआत गरेको आर्मीका कप्तान भरत खवासले खेलको सातौं मिनेटमै गोलको राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । त्यसलगत्तै नवयुग श्रेष्ठले उत्कृष्ट अवसर गुमाए । शेर्पाका गोलरक्षक किशोर गिरी अगाडि बढेको अवस्थामा नवयुगले डिबक्सभित्रबाट प्रहार गरेको बल क्रसबारमाथिबाट बाहिरियो ।

आर्मीको दबाब लगातार झेलेको शेर्पाले खेलको २३औं मिनेटमा बनाएको अवसर सदुपयोग गर्न सकेन । शेर्पाका विश्वास श्रेष्ठले रिवाउन्ड बलमा फितलो प्रहार गरे । निकै रोमाञ्चक बनेको खेलमा आर्मीका नवयुग श्रेष्ठले खेलको ३३औं मिनेटमा प्रहार गरेको बल शेर्पाका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । लगत्तै भरत खवासको प्रहारलाई पनि शेर्पाका गोलरक्षकले नियन्त्रणमा लिए । शेर्पाका गोलरक्षक किशोर गिरी झुक्किन पुग्दा आर्मीले ४३औं मिनेटमा अग्रता बनाउन सफल भयो ।

पहिलो हाफ पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको आर्मीविरुद्ध शेर्पाले इन्जुरी समयमा बराबरी गोल फर्काउँदै खेललाई थप रोमाञ्चक बनायो । चार मिनेट थपिएको इन्जुरी समय सकिन केही समय बाँकी रहेको अवस्थामा फ्रिकिकमार्फत हेमन गुरुङले गोल गरेका थिए ।

दोस्रो हाफमा पनि आर्मीले पुरानै लय देखायो । आर्मीले खेलको ५७औं मिनेटमा अग्रता लियो । आर्मीका टंक बस्नेतले उत्कृष्ट गोल गरे । टंकको गोलबाट अग्रता लिएको आर्मीले विपक्षी टिमलाई त्यसपछि कुनै अवसर दिएन र खेल आर्मीले २-१ गोल अन्तरले आफ्नो पक्षमा पार्‍यो ।

हिमालयन शेर्पाका प्रशिक्षक विकास मानन्धरले टिमको प्रदर्शन निकै कमजोर रहेको बताए । ‘विभागीय टोलीविरुद्ध हाम्रो फिटनेस कमजोर देखियो', मानन्धरले भने, ‘आर्मीले धेरै अवसर गुमाउँदा एक गोलको हार बेहोर्‍यौं ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेल राम्रो भए पनि भरत र नवयुग नचल्दा संघर्ष गर्नु परेको बताए । खेलमा पाएको अवसर समयमै सदुपयोग गर्न नसक्दा राम्रो खेल खेल्दा पनि अन्तिम मिनेट कुर्नु परेको उनले बताए । ‘खेल पूर्ण रूपमा हाम्रो नियन्त्रणमा थियो तर स्कोर भने हुन सकेन', न्यौपानेले भने, ‘जसले गर्दा सहज जित हात पार्ने खेलमा संघर्ष गर्नु पर्‍यो ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.