राप्रपा सरकारबाट बाहिरिने कुरा हल्लामात्रैः जबरा

राप्रपा सरकारबाट बाहिरिने कुरा हल्लामात्रैः जबरा

भक्तपुरः राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शम्शेर जबराले राप्रपा सरकारबाट बाहिरिने कुरा हल्लामात्रै भएको बताएका छन्। उनले राप्रपाले सरकारबाट बाहिरिने कुनै निर्णय नगरेको समेत स्पष्ट पारेका छन्।

रफत सञ्चार क्लबले भक्तपुरमा शुक्रबार विहान गरेको कार्यक्रममा जबराले भने,‘को नेताले कहाँ गएर के भन्छ त्यो व्यक्तिगत कुरा हो। हामी सरकारबाट फिर्ता हुन्नौं। त्यो निर्णय गरेका छैनौं।’ जबराले वर्तमान सरकारले जेठमा स्थानीय निकायको निर्वाचन गराउन नसक्ने बताए। मधेसी मोर्चाको संविधान संशोधनको मागलाई कुनै पनि हालतमा एमालेले पारित हुन नदिने र अर्कातर्फ सरकारले मधेसी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेकाले निर्वाचन असम्भव भएको उनको भनाइ थियो।

उनले मधेसवादी दललाई वाइपास गरेर निर्वाचन सम्भव नभएको बताए। उनले दुई दशकदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन यथाशीघ्र गराउन सरकारले तत्परता देखाउनु पर्नेमा त्यसो हुन नसकेको बताए। प्रमुख दलका शीर्ष नेताहरुका कारण मुलुक अनिर्णयको बन्दी बनेको उनको आरोप छ। जबराले स्थानीय निर्वाचन हुन नसके मुलुक संवैधानिक संकटमा फस्ने बताए।

उनले देशमा ठूला पार्टीको नयाँ विकल्पका रुपमा राप्रपा अगाडि बढिरहेको बताए। आगामी निर्वाचनमा पार्टी तेस्रो शक्तिको रुपमा स्थापित हुने उनले दाबी गरे। पार्टी एकता महाधिवेशनले राप्रपालाई निर्वाचनमा तेस्रो शक्तिका रुपमा उभ्याउने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.