कांग्रेस, एमाले, माओवादीले तिरेनन् उधारो खाएको रकम

कांग्रेस, एमाले, माओवादीले तिरेनन् उधारो खाएको रकम

भोजपुरः नेकपा एमाले भोजपुरले ०५४ सालको मध्यावधि चुनावयता सदरमुकामको चारभञ्ज्याङस्थित उर्मिला खुकुरी उद्योगबाट ७ हजार ८ सयको खुकुरी उधारोमा खरिद गरेको थियो ।

एमालेले जिल्लाको इतिहासमा ०१५ र ०६४ को निर्वाचनबाहेक सबै निर्वाचनमा एकछत्र कब्जा जमाउदै आएको छ । निर्वाचनमा पकडका हिसावले जिल्लामा पहिलो स्थानमा रहेको उसले दुई दशक बित्दा पनि खुकुरीको उधारो अझै चुक्ता गर्न सकेको छैन।

‘केहीबर्षसम्म उधारो पैसा मागेँ, पछाडि त आफैँलाई माग्न अठ्यारो लाग्यो, सम्झेर कुनै दिन देलान् कि१’ उद्योगका सञ्चालक हिरालाल श्रेष्ठले ठट्यौली पारामा भने । सांसद् कृपासुर शेर्पाले भने एमालेले पार्टी कार्यालयमा बोलाएरै सबै हिसाब बुझाएको बताए ।

०६४ को निर्वाचनका बेला तत्कालीन माओवादीले ब्राइट वे स्टोरेज एन्ड सप्लायर्समा पर्चा, पम्पलेट छपाइ, कम्प्युटरसम्बन्धी काम उधारोमा गरेको थियो । एक लाख बराबरको उधारो दशक बित्दा पनि नतिरेको सञ्चालक सफल सेन्चौरीले बताए । त्यहीबेला एउटा गतिलो प्रिन्टर समेत बिग्रिएको थियो। त्यसपछि समस्यामा पर्दै आएको ब्राइट वे एन्ड सप्लायर्सले गतिलो उन्नति गर्न सकेको छैन । हाल न्यु भोजपुरे खुकुरी उद्योगमा मर्ज गर्न बाध्य भएको सेन्चौरीले बताए । ‘उधारो लगेपछि बेला–बेला सम्झाए पनि ध्यान पुग्न सकेको छैन, ७ हजारजतिको खुकुरी पनि उधारो लगेका छन्,’ उनले भने।

चारभञ्ज्याङस्थित सजना किराना पसलले ०४६ सालको निर्वाचनदेखि ०६४ सम्म चामल, चिउरा, चाउचाउ, विस्कुट लगायतका खाद्यान्न प्रमुख दलका कार्यकर्तालाई उधारोमा बेचे । ‘लाखौँको उधारो लगेका छन्, हिसाबकिताब गर्दा एक दिनमा पनि सकिदैँन,’ सञ्चालक शिव श्रेष्ठले बताए । ‘दुईचार पटक मागियो, अब त माया मारिसकेँ, खातापाता सब नष्ट गरिसकेँ,’ उनले भने । उधारोले गर्दा खस्किएको पसल पहिलेकै अवस्थामा ल्याउन उनलाई हम्मे परेको थियो । ०७० देखि उधारो कारोबार गर्न छाडेको उनले बताए ।

०७० कै चुनावमा नेपाली कांग्रेसले बैँकरोडस्थित फाइन आर्टस्मा पर्चा, पम्पलेट, ब्याच छपाइ र खादाको हजारौँ रुपैयाँ तिरेको छैन । चुनावी प्रचारप्रसारका बेला अफसेटहरुमा लाखौँको उधारो बाँकी नै छ । जिल्ला पार्टीका प्रमुख र कार्यकर्ता तर्किएर हिँड्ने व्यवसायीको गुनासो छ ।

माओवादी नेताले भने चुनावी अभियानमा उधारो एक पैसा बाँकी नरहेको दाबी गरेका छन् । ‘कसैले उधारो रहेको भन्छ भने त्यो आरोपमात्र हो, एक पैसा उधारो छैन,’ नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्व सभासद् सुदन किरातीले बताए । उनले ०६४ सालको चुनावमा भोजपुर क्षेत्र नं. २ बाट विजयी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.