रंगशाला भागदौड हुँदा १७ जनाको मृत्यु

रंगशाला भागदौड हुँदा १७ जनाको मृत्यु

युग : अफ्रिकी मुलुक एंगोलाको एक रंगशालामा भागदौड मच्चिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

उत्तरी एंगोलाको युग शहरको एक रंगशालामा पहिलो श्रेणीका दुई क्लबबीचको खेल भइरहँदा भागदौड मच्चिएको थियो। भागदौडमा सयौं घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय रंगशालामा शुक्रबार पहिलो श्रेणीका क्लब सान्ता रिता डे कासिया र रेक्रियेटिभो डे लिबोलोबीचको खेल सुरु भएको केही समयपछि नै भागदौड मच्चिएको थियो।

फुटबल रंगशालामा प्रवेश पाउन नसकेका समर्थकहरुले रंगशालाको मूल गेटमा आक्रमण गर्न थालेपछि मैदानभित्र भागदौड मच्चिएको थियो। भागदौडमा घाइते भएकामध्ये १७ जनाको निधन भएको स्थानीय अस्पतालका निर्देशक अर्नेस्टो लुइसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। खेल सुरु भएको सात मिनेट पनि बित्न नपाउँदै भागदौड मच्चिएको थियो।

करिव आठ हजार दर्शक क्षमताको रंगशाला खचाखच भरिएको थियो। यस्तो अवस्थामा रंगशालामा छिर्न खोजेका थप दर्शकले रंगशालाको मूल ढोका तोडफोड गर्न थालेपछि भागदौड मच्चिएको थियो। मारिनेमा अधिकांश बालबालिका भएको समाचारमा जनाइएको छ। कमजोर सुरक्षा व्यवस्थाले ठूलो दूर्घटना भएको सञ्चारमध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.