नेपाल फोटो प्रर्दशनी यात्रा सौराहामा सुरु
चितवन: फोटो पत्रकार क्लवले आयोजना गरेको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको 'नेपाल फोटो प्रर्दशनी यात्रा' को सौराहाबाट सुरु गरेको छ।
फोटो पत्रकार क्लब, नेपाल काठमान्डौको आयोजना तथा क्षेत्रीय होटल व्यावसायी संघ (रेहान) चितवन र रेवान चितवनको सहयोगमा सौराहामा जारी फुड फेष्टिवलमा बाट शुरु गरिएको फोटो प्रर्दशनी आगामी सोमबारसम्म जारी रहनेछ।
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन भएको तियोगितामा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधाका उकृष्ट फोटोहरु प्रर्दशनीमा रहेका छन्।
आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा करिब १ हजार जना फोटो पत्रकार तथा स्वतन्त्र फोटो ग्राफर प्राप्त करिब ८ हजार तस्बिरहरुबाट छानिएका उत्कृष्ट १२० वटा फोटोहरु राखिएको फोटो पत्रकार क्लवका कोषाध्यक्ष द्धारिका काफले जानकारी दिए।
कार्यक्रमपछि बोल्दै पर्यटन तथा नागरीक उडयान राज्य मन्त्री माननिय ईन्द्रबहादुर बानियाले फोटोपत्रकारले गरेको यस्तो किसिमको प्रर्दशनीले समाजमा रहेका बिभिन्न बिषयलाई क्यामेरामा कैद गर्दै जनमानसमा ल्याउने भएकाले यसको बिशेष महत्व रहने बताए। यसरी गरिने प्रतियोगिताले लुकेर बसेका फोटोग्राफीमा लगाब भएकाहरु अगाडी आउने पनि उनले बिश्वास ब्यक्त गरे।
यस्तै क्षेत्रिय होटल ब्यावसायी संघ (रेहान) चितवनका अध्यक्ष सुमन घिमिरले फोटोपत्रकार क्लबले गरेको कामको प्रशंसा गर्दै यस्तो किसिमको प्रर्दशनी नेपाल र नेपालकको पर्यटकीय गतन्बका बारे चिनाउन निकै उपयोगी हुने बताउदै सबैले एक पटक हेनै पर्ने प्रर्दशनी रहेको बताए।
तिन दिन सम्म चल्ने फोटो प्रदर्शनी अबलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ।यस्तै किसिमको फोटो प्रर्दशनी यसअघि काठमाण्डौमा सम्पन्न गरिसकिएको छ भने यसपछि भैरहवा नेपालगंज, धनगढी, विराटनगर र पोखरामा प्रर्दशनी गरिनेछ।
देशको राजनैतिक, आर्थिक, सामाजिक, पर्यटन तथा अन्य क्षेत्रको तस्वीरहरु समेटिएकाले नेपालको बारेमा बुझ्न फोटो प्रर्दशनी फलदायी हुने अपेक्षा गरेको क्लबले जनाएको छ।