सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु
सिन्धुलीः सिन्धुलीको तोस्रामखोला गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर तोस्रामखोला–७, भञ्ज्याङ डाँडाका ४५ वर्षीय अम्बर सार्की मृत्यु जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए। विद्युत आपूर्ति अवरुद्ध भएपछि मर्मतका ट्रान्सफर्मरमा चढेका सार्कीलाई अचानक करेन्ट लागेको थियो।
४५ किलोवाटको वाक्सुखोला तेस्रो जलविद्युत आयोजनाबाट त्यस क्षेत्रमा विद्युत विस्तार गरिएको छ। सार्की सोही जलविद्युत आयोजनाका प्राविधिक हुन्। सार्कीको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।