स्प्राइटको खरिदमा माज्जा सित्तैमा
काठमाडौः कोकाकोलाले स्प्राइटको खरिदमा एक आकर्षक अफर बजारमा ल्याएको छ । नयाँ अफरअन्तर्गत उपभोक्ताले स्प्राइटका हरेक २.२५ लिटर बोतलको खरिदमा निःशुल्क माज्जा प्राप्त गर्नेछन् । साथै ग्राहकले स्प्राइटको स्वादसँग आँपको स्वादिलो स्वाद पनि अनुभूति गर्न पाउनेछन् ।
उपभोक्तामाझ स्प्राइटको चाहनालाई यथावत राख्दै कम्पनीले आँपको स्वादमा माज्जा अफर ल्याइएको जनाएको छ । उक्त अफर बजारमा स्टक रहुन्जेलसम्म कायम रहने बताइएको छ । कम्पनीले यो अफर कोकाकोला तथा फेन्टाको खरिदमा पनि लागू गरेको छ । आँपको विकल्पका रूपमा विशेष स्थान बनाउन सफल माज्जाले उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । उपभोक्तासँगको सम्बन्धलाई निरन्तरता दिन कम्पनीले रणनीतिक अभियान स्वरूप यो योजना सुरु गरेको हो ।