बलात्कारको आरोपमा एक दम्पति पक्राउ

बलात्कारको आरोपमा एक दम्पति पक्राउ

भक्तपुरः महानगरीय प्रहरी वृत्त ठिमीले जबरजस्ती बालिका करणी गर्ने एक पुरुष र उनलार्इ सघाउने श्रीमतीलाई नियन्त्रणमा लिएको छ। गत मंसिर २१ गते पैसा दिने लोभ देखाएर १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर थिमी नगरपालिकाका राजकृष्ण कायस्थलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै बालिकालाई करणी गर्न सघाएको आरोप कायस्थकी श्रीमती राधा जंगमलाई पनि नियन्त्रणमा लिइएको ठिमी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। कायस्थ दम्पतीले बालिकालाई बारम्बार धम्काउँदै आएकाले घटना लुप्त रहँदै आएको थियो।तर, विशेष सुराकीको आधारमा शनिबार ठिमी प्रहरीले कायस्थ दम्पत्तीलाई नियन्त्रणमा लिएको ओलियाले बताए। दुवैले घटना स्वीकार गरिसकेको उनले जानकारी दिए।

उनका अनुसार गएको मंसिर २१ गते राधाले उक्त बालिकालाई टिभी हेराउने र पैसा दिने प्रलोभन देखाएर घरमा लगेकी थिइन्। श्रीमती बालिकालाई कोठामा छोडेर बत्ति निभाएर बाहिर गएपछि टिभी कोठामा रहेका राजकृष्णले बालिकामाथि बलात्कार गरेका थिए।

घटनाबारे जानकारी आएपछि गरिएको अनुसन्धानमा राजकृष्णले बालिकालाई जबरजस्ती करणी गरेको देखिन आएपछि शनिबार उनलाई नियन्त्रणमा लिइएको ओलियाले बताए। त्यस्तै श्रीमानलाई बालिकामाथि जबरजस्ती करणी गर्न मतियार बनेको आरोपमा राजकृष्णकी श्रीमती राधालाई पनि नियन्त्रणमा लिइएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको वृत्तले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.