एनआईसीको मोबाइल फन्ड ट्रान्सफर सेवा
काठमाडौं: एनआईसी एसिया बैंक लिमिटेडले मोबाइल बैंकिङ सेवाबाट एनसीएचएल-आईपीएस फन्ड ट्रान्सफर सेवा सुरु गरेको छ। बैंकले ग्राहकलाई थप सेवा पुर्याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो।
यो सँगै बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी सेवाग्राहीले सम्पूर्ण वाणिज्य बैंकका साथै नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आवद्ध ६८ वटा बैंक तथा वित्तीय संस्थाको खातामा सजिलै रकम ट्रान्सफर गर्न सक्नेछन्।
उक्त सेवाबाट एनआईसी बैंकका ग्राहक थप लाभान्वित हुने बैंकको विश्वास छ। उक्त सेवामार्फत एक पटकमा २५ हजार र एक दिनमा एक लाख रुपैयाँसम्म रकम ट्रान्सफर गर्न सकिने बताइएको छ।
बैंकले आगामी दिनमा पनि यस्तै खाले विभिन्न सेवा ल्याउने जनाएको छ। बैंकको मोबाइल बैंकिङ सेवा गुगल प्ले र एप्पल स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने बैंकले जनाएको छ।