पाँच करोडको लगानीमा राजधानीमा सम्पदा रिसोर्ट

पाँच करोडको लगानीमा राजधानीमा सम्पदा रिसोर्ट

काठमाडौं : राजधानीको लाजिम्पाटमा करिब पाँच करोडको लगानीका सम्पदा रिसोर्ट खुल्ने भएको छ। निर्माणदेखि सबै काम सम्पन्न गरिसकेको रिसोर्ट अगामी शनिबारदेखि सञ्चालनमा आउनेछ।

लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएका पाँच व्यवासयीको संयुक्त लगानीका सम्पदा रिसोर्ट सञ्चालनमा आउने भएको हो।

आगामी शनिबारदेखि सञ्चालनमा आउने रिसोर्टका जनरल म्यानेजर नरेन्द्र मल्लले जानकारी दिए। रिसोर्ट साढे पाँच रोपनीमा फैलिएको छ। रिसोर्टले विदेशी तथा स्वदेशी पाहुनाको स्वागत सत्कारमा कुनै कम आउन नदिने उनको दाबी छ। अहिले राजधानीमा नयाँ रिसोर्ट खुल्ने क्रम तीव्र छ। तर, उपत्यका जस्तो साँघुरो बन्दै गएको सहरमा यती ठूलो क्षेत्रफलमा रिसोर्ट खोलेर ग्राहकलाई सेवा दिन पाउनु नै सबैभन्दा ठूलो कुरा भएको सञ्चालकहरूको भनाइ छ।

रिसोर्टका दुई वटा भवन छन्। ती दुवै भवन भूकम्पप्रतिरोधी रहेको उनीहरूले जानकारी दिए। मध्यसहरमा रहेको रिसोर्टमा बालबालिकालाई पनि मनोरन्जन दिने उद्देश्यले गार्डेन बनाइएको छ। रिसोर्टका २० वटा डिलक्स रुममा ४७ वटा बेड राखिएका छन्। सबै रुम उज्याला र घामको प्रकाश छिर्नेगरी बनाइएको छ।

सम्पदाले यसै आर्थिक वर्षदेखि नेपाल पर्यटन विभागबाट रिसोर्टस्तरको लाइसेन्स पनि लिएको छ। भूकम्पपछि निमार्ण सुरु गरेको सम्पदाले १९ महिनामा काम सम्पन्न गरेको हो। रिसोर्टमा कफी सप, बार र एक सय पाँच जनाभन्दा बढी अट्ने क्षमता भएको एउटा ठूलो सेमिनार हल तथा ७० जना अट्ने क्षमताको सानो हल छ।

रिसोर्टमा स्थानीय परिकारका साथै इटालियन, चाइनिज र भारतीय परिकार पनि उपलब्ध हुने मल्लले बताए। रिसोर्टले २५ जना युवालाई रोजगारी दिएको छ। रिसोर्टमा आउने विदेशी पर्यटकले एक दिनको बे्रकफास्टसहित ४५ देखि ८० डलर तिर्नुपर्ने हुन्छ। विदेशी पर्यटकका लागि विदेशी मुद्रामा नै कारोबार गरिने मल्लले बताए।

नेपालीले भने सामान्यत एक रातको चार हजार रुपैयाँदेखि आठ हजार रुपैयाँमै बस्न पाउनेछन्। नेपाली खाना सेटको भने चार सय रुपैयाँ पर्नेछ। अन्य परिकारको मूल्य फरक–फरक रहेको छ। रिसोर्टमा आउने स्वदेशी तथा विदेशी नागरिकले पानीका लागि कुनै रकम तिर्नुपर्ने छैन। रिसोर्टले ग्राहकका लागि फ्रि वाइफाइ सुविधा दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.