सूर्या लाइफ इन्सुरेन्समा पाण्डे सिइओ
काठमाडौं: सूर्या लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई सोमबारदेखि लागु हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
पाण्डे यसअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनले नेपाल राष्ट्र बैंकबाट ३० वर्षको सेवापछि अवकास लिएका थिए।
बीबीए तथा चाटर्ड एकाउन्टेन्ट उत्तिर्ण गरेका पाण्डेले राष्ट्र बैंकमा रहँदा १५ वर्षभन्दा बढी अवधि व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका थिए।
अर्थ मन्त्रालयअन्तर्गत रहेर निजीकरण तथा करसम्बन्धी सुधारका लागिसमेत काम गरिसकेका पाण्डे लामो समयदेखि वित्तीय क्षेत्रमा क्रियाशील छन्।