बैंक अफ काठमाडौंका ईएमभी चिपकार्ड
काठमाडौं: बैंक अफ काठमाडौं लुम्बिनीले ईएभभी चिपसहितका डेबिट, क्रेडिट, तथा अन्तर्राष्ट्रिय डेबिट कार्ड उपलब्ध गराउने भएको छ।
आफ्ना ग्राहकलाई सुरक्षित तथा सजिलो सेवा उपलब्ध गराउने क्रममा बैंकले यी कार्ड सुरु गरेको हो।
बैंकले ईएमभीमा आधारित चिपकार्ड बैंकका सबै शाखाबाट उपलब्ध गराउने बताएको छ।
बैंकले यो सुविधा ग्राहकको सुरक्षा तथा सुविधाका लागि ल्याएको जनाएको छ।
साथै आगामी दिनमा बैंकले थप सेवा तथा सुविधा उपलब्ध गराउँदै जाने पनि उल्लेख गरेको छ।