इटहरीमा जेसीबीको अपरेटर मिट
काठमाडौं: नेपालका लागि जेसीबी कन्स्ट्रक्सन एन्ड हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्राइभेट लिमिटेडले बिहीबार इटहरीमा 'अपरेटर मिट'आयोजना गरेको छ।
हेभी इक्विपमेन्टका अपरेटरलाई जेसीबीका मेसिनको प्रयोग र हेरचाह कसरी गर्ने भनि सिकाउन एमएडब्लूले उक्त कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा ३५ जना अपरेटरले सहभागिता जनाएका थिए।
कार्यक्रममा जेसीबीका इन्जिनियर तथा विज्ञले मेसिनको पार्टपुर्जाबारे जानकारी दिएका थिए। साथै मेसिनको हिफाजतका लागि अपनाउनुपर्ने सावधानीबारे सचेत पारिएको कम्पनीले जनाएको छ।
'कार्यक्रमको मुख्य उद्देश्य अपरेटरलाई मेसिनको हेरचाह र मर्मतबारे शिक्षा दिनु हो,'एमएडब्लू अर्थमुभर्सका मार्केटिङ म्यानेजर सञ्जिव देउजाले भने, 'यसले अपरेटर र मेसिन मालिक दुवैलाई फाइदा पुर्याउनुका साथ मेसिनको आयु बढाउन मद्दत पुग्नेछ।
'विशेषज्ञले मेसिनमा जेन्युइन पार्ट्सको महत्वबारे बताएका थिए। कार्यक्रममा अपरेटरको स्वास्थ्यसमेत जाँच गरिएको थियो। कम्पनीले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो।
ललितपुरको धोबीघाटमा अवस्थित जेसीबीमा हाल दुई सय ६० कर्मचारी कार्यरत छन्। नेपालको निर्माण तथा हेभी इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५५ प्रतिशतभन्दा बढी रहेको कम्पनीले जनाएको छ।