सनराइज र एनआईडीसीको एकीकृत कारोबार

सनराइज र एनआईडीसीको एकीकृत कारोबार

काठमाडौं: सनराइज बैंक लिमिटेडले एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्त गरी शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ।

एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गरेका थिए। उक्त अवसरमा गभर्नर नेपालले बैंकले एनआईडीसीलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेकोमा शुभकामना दिँदै एकीकरणबाट बैंक थप सशक्त भई मर्चेन्ट बैंकिङसम्बन्धी कार्य आफैंले गर्ने बताएका थिए।

ग्राहक तथा सेयरधनीलाई थप सेवासुविधा प्रदान गर्दै बैंक सबल वित्तीय संस्थाका रूपमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे। कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल सरकारको लगानीमा रहेको कर्मचारी सञ्चयकोष, बिमा संस्थान जस्ता पाँच वटा सरकारी निकाय संस्थापक रहेको कम्पनीलाई एकीकरण गर्न पाउँदा खुसी लागेको बताए।

एकीकरणपश्चात बैंकका शाखा ६८ पुगको छ भने चुक्ता पुँजी पाँच अर्ब ४५ करोड पुगेको छ। ३० प्रतिशत हकप्रद सेयर निष्कासनपश्चात बैंकको चुक्ता पुँजी करिब सात अर्ब नौ करोड पुग्नेछ।

उक्त अवसरमा एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडका अध्यक्ष सुरेन्द्र थापाले संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई हस्तान्तरण गरे।

एनआईडीसीका अध्यक्ष थापाले फाइनान्स कम्पनीलाई सानो दायरामा बस्नुभन्दा 'क'वर्गको बैंकसँग समाहित हुन पाएकोमा आफ्ना सम्पूर्ण कर्मचारी, ग्राहक तथा सेयरधनी खुसी भएको बताए। उनले आगामी दिनमा सनराइज बैंकले उत्तरोत्तर प्रगति गर्न सकोस् भनी शुभकामना दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.