काञ्जिरोवाको अभिभावक दिवस
काठमाडौं: काञ्जिरोवा नेसनल स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।
कार्यक्रममा विद्यार्थीले राष्ट्रिय गीत, लोकगीत, लोकनृत्य, शास्त्रीय तथा आधुनिक नृत्यलगायत विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए। जातीय विविधता झल्काउने विभिन्न प्रस्तुतिले कार्यक्रमको रौनक थपेको थियो।
अभिभावक पनि सहभागी विभिन्न मनोरन्जनात्मक कार्यक्रममा विद्यार्थीले शारीरिक कवाज र चिनियाँ नृत्य पनि प्रदर्शन गरेका थिए।
'शान्ति, समृद्धि र दिगो विकासका लागि पुनर्निर्माण'भन्ने मुल भावका साथ आयोजना अभिभावक दिवसमा अभिभावकप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रधानाध्यापक महेन्द्र खनालले स्कुलले प्रत्येक वर्ष कुनै एक थिममा कार्यक्रमको आयोजना गर्दै आएको बताएका थिए।
यस वर्ष भूकम्पले क्षतविक्षत बनाएको नेपाली समाजको पुनर्निर्माणमा केन्द्रित रहेर विद्यार्थीले आ-आफ्ना प्रस्तुति देखाएका थिए।