तोसिबाको स्मार्ट टीभी मल एक्टिभेसन
काठमाडौं: तोसिबाले आफ्नो ५५ इन्चको स्मार्ट टीभी प्रवद्र्धनका लागि 'स्मार्ट टीभी मल एक्टिभेसन'कार्यक्रम सञ्चालनमा ल्याएको छ।
कम्पनीले चावहिलको केएल टावरबाट यसको सुरुवात गरेको छ। यस योजनालाई कम्पनीले देशभरका सबै मलमा पुर्याउने बताएको छ।
५५ इन्चको टीभी नेपाली बजारमा सार्वजनिक गरेसँगै कम्पनीले आफ्नो सफलतालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको हो।
कम्पनीका अनुसार तोसिबाको ५५ इन्चको स्मार्ट टीभीले नेपाली ग्राहकको मन जित्न सफल भएको छ भने बजारमा तोसिबाका टीभीको माग पनि बढ्दो छ।
स्मार्ट टीभी मल एक्टिभेसनमाका अवसरमा टीभी खरिद गर्ने ग्राहकले छुटका साथै विभिन्न आकषर्णका टीभीसमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ।