प्रमुख दलहरुले संविधानभन्दा सत्तालाई महत्व दिए: पूर्व राष्ट्रपति यादव

प्रमुख दलहरुले संविधानभन्दा सत्तालाई महत्व दिए: पूर्व राष्ट्रपति यादव

काठमाडौंः पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रमुख दलहरुले संविधानलाई भन्दा सत्तालाई महत्व दिएकाले मुलुक अप्ठ्यारोमा परेको बताएका छन्। देश अप्ठेरोमा परेको बताएका छन्।

आइतबार संचारग्रामस्थित सूचना विभाग ‘टोटल’ राष्ट्रिय मासिक म्यागेजिनको विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले मुलुक अप्ठ्यारोमा परेकाले संविधानको रक्षा गर्न सवै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नु पर्ने बताएका हुन्।

‘राजनीतिक दलले संविधान भन्दा पनि सत्तालाई महत्व दिएका छन्। त्यसैले देश अप्ठ्यारोमा परेको छ,’ डा. यादवले भने,‘संविधानको रक्ष गर्न सकेमात्रै मुलुक सफल हुन्छ।’

उनले ९० प्रतिशत सांसदको हस्ताक्षर भएको संविधानबारे समाज अहिले पनि विभाजित रहेको भन्दै विभाजित समाजलाई जोड्न पनि मधेसवादी दलहरुलाई सहमतिमा ल्याउनु पर्ने बताए। उनले भने,‘संविधानप्रति असन्तुष्ट समाज पनि छ। त्यो भनेको मधेसवादी दलहरु हुन्। उनीहरुलाई पनि प्रमुख तीन दलले समेटेर अघि बढ्न सक्नु पर्छ।’

उनले २००७ साल यता भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि दलहरु मिल्नुको विकल्प नरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.