पूर्व सांसद लामा सम्मानित
चरिकोटः पूर्व सांसद जिपछिरिङ लामा सम्मानित भएका छन्। भूकम्प पीडितलाई राहत वितरण र उद्धारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल प्रेस युनियन बागमती विशेष क्षेत्रले पूर्व सांसद लामालाई सम्मान गरेको हो।
दोलखाको श्यामा गाविसमा जन्मिएका लामा नेपाली कांग्र्रेसका पूर्व केन्द्रीय सदस्यसमेत हुन्। प्रेस युनियन बागमती विषेश क्षेत्र भेलाको अवसरमा लामालाई उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सम्मान गरेका हुन्।
उनले भूकम्पमा परि मृत्यु भएका दोलखाको १ सय ७८ जनाको परिवारलाई १५ हजारको दरले २६ लाख ७० हजार रुपैयाँ नगद सहयोग गरेका थिए। यस्तै उनले राहत र उद्धारका लागि करिब २ करोडभन्दा बढी रकम खर्च गरेका थिए। निर्माण व्यवसायमा संलग्न लामाले दोलखाका धेरै गाविसमा विद्यालय निर्माणसमेत गरिदिएका छन्।
प्रतिक्रिया दिनुहोस !
८