देश विकासका लागि सबै युवाले बन्दुक बोक्नुपर्छ : विप्लव

देश विकासका लागि सबै युवाले बन्दुक बोक्नुपर्छ : विप्लव

काठमाडौं : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै युवालाई अधिकारका लागि बन्दुक बोक्न आग्रह गरेका छन्।

आइतबार पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विप्लवले भने, ‘आफ्नो अधिकारका लागि बन्दुक बोक्न तयार हुनुहोस् ।’

विप्लवले नेपाली युवाले विदेशमा पुगेर पसिना बगाएर पठाएको रेमिटेन्समा नेताले मस्ती गरेको भन्दै विदेशमा रहेका युवालाई समेत स्वदेश फर्किएर बन्दुक बोक्न आग्रह गरे।

‘युवा विदेशमा पुगेर कमाएको पैसाले देश चलेको छ, तपाईंहरुले कमाएको पैसामा नेताले मस्ती गरेका छन्’, विप्लवले भने, ‘आफैँ बन्दुक नबोकेसम्म यो देशमा परिवर्तन हुँदैन्, आउनुहोस् सँगै लडौँ ।’

राज्य सत्ता सञ्चालनमा सबै दलाल भएको बताउदै विप्लवले स्वदेश र विदेशमा भएका सबै युवा दलालका विरुद्ध अघि बढ्नुपर्ने बताए।उनले एक करोड युवा एकजुट भए दलालको सत्ता एक दिन पनि नटिक्ने बताए।

‘नेपालका एक करोड युवा जागरुक भए यी दलालहरुको राज्य एक दिन पनि टिक्ने छैन,’ विप्लवले भने, ‘आउनुहोस् विदेशबाट स्वादेशमा आएर दलालका विरुद्धमा लाग्नुहोस्।’

विप्लवले पछिल्ला राजनीतिक विकृतिको चर्को विरोध गरेका छन्। विप्लव नेतृत्वको माओवादीको राजधानीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र रोल्पामा हुनेछ।

सम्बोधनका क्रममा विप्लवले एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताको आलोचनामै धेरै समय खर्चिएका छन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक प्रधानमन्त्री बन्दासमेत देशलाई केही गर्न नसकेको दाबी गरे।

उनले संसदीय व्यवस्थालाई सदाका लागि बिदा गरे मात्र देश विकास हुने दाबी समेत गरे।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.