उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले: अध्यक्ष महतो

 उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले: अध्यक्ष महतो

पर्सा: नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानलाई असफल गरी प्राप्त गरेका सबै उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले लागेकोे आरोप लगाएका छन्।

प्रेस मञ्चले आज वीरगन्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान संशोधनको विरोध गरी संविधान कार्यान्वयनमा बाधा सिर्जना गर्दै मुलुकलाई अन्योलतातर्फ धकेल्न एमालेका नेता लागिपरेका उनको भनाइ थियो ।

संसद्मा दर्ता रहेको संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचन नहुने र तोकिएको समयमा तीनवटै तहको निर्वाचन नभए संविधान असफल हुने महतोले बताए।'परिमार्जनसहित संविधान संशोधन नभए मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन,” उनले भने।

अध्यक्ष महतोले तीन दिनसम्म वीरगन्जमा बसेको सद्भावना पार्टीको विस्तारित बैठकले गरेका निर्णयलाई सार्वजनिक गरे। पार्टीको मधेस आन्दोलनको मुद्दालाई संविधान संशोधनमार्फत सम्बोधन नगरेसम्म निर्वाचनमा सहभागी नहुने, निर्वाचन हुन नदिने तथा सद्भावना पार्टीको छैटौँ महाधिवेशन २०७४ साल जेठ १, २ र ३ गते वीरगन्जमा गर्ने, मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये सहिद घोषणा गर्न बाँकीलाई सहिद घोषणाका लागि सरकारलाई दबाब दिनेलगायत निर्णय गरेको उनले जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.