विदेशसँगको गुहार

 विदेशसँगको गुहार

नेपालको राजनीतिमा विश्वसनीयताको सर्वथा अभाव छ । नेताहरूको अभिव्यक्ति र कार्यबीचको अन्तर अनि जवाफदेहिताको अभावले राजनीतिलाई एकातिर वर्तमान स्तरमा पुर्‍याएको छ भने अर्कोतिर जिम्मेवारी नलिई आफ्ना आन्तरिक प्रतिस्पर्धी तथा फरक दलका प्रतिद्वन्द्वीविरुद्ध असंयमित अभिव्यक्ति दिइने प्रचलन नेपाली राजनीतिको एउटा अभिन्न अंश बनेको छ । नेपालमा अदालती व्यवस्था लामो र खर्चिलो अनि मानहानिसम्बन्धी प्रक्रिया तथा कानुन फितलो भएकाले विविध अभिव्यक्तिबाट अपमानित व्यक्तिहरू कानुनी उपचारमा जान हिच्किचाउँछन् ।

विगत केही वर्षमा नेपालमा धेरै पुस्तक लेखिएका छन् र अनेक राजनीतिक पात्रहरू फरक-फरक विवेचना र विश्लेषणका विषय बनेका छन् । सन् ७० को दसकमा प्रारम्भिक वर्षमा ‘नक्सलवादी' को रूपमा हतियार उठाई विभिन्न कम्युनिस्ट पार्टी, राजाका मन्त्री, माओवादी हुँदै फेरि एमालेमा फर्केका राधाकृष्ण मैनालीको हालै प्रकाशित पुस्तक नलेखिएको इतिहासमा केही गम्भीर टिप्पणी गरेका छन्, मुलुकका एक वरिष्ठ राजनीतिज्ञ माधव नेपालबारे ।

०४६ सालमा जनआन्दोलन उत्कर्षमा पुगेको बेला माधव नेपालले भारतमा कार्यरत ‘गोर्खा' सेनालाई ‘गणतन्त्र' स्थापित गर्न भारत तयार रहेको सुझाएका र त्यसलाई पार्टी महासचिव मदन भण्डारीले अस्वीकार गरेको दाबी गरेका छन् मैनालीले । सशस्त्र विदेशी सेनामार्फत ‘गणतन्त्र' ल्याउनु भनेको समर्पण नगरेमा राजपरिवार र राजालाई भौतिक रूपमा सफाया गर्ने हदसम्म जाने अर्थ राख्छ । त्यसको १२ वर्षपछि अर्कै प्रसंगमा दरबार हत्याकाण्ड घट्यो र त्यसको तीन वर्षपछि अलिकति फरक प्रसंग तर नेपाली जनताको संलग्नताबिना गणतन्त्र पनि घोषणा गरियो ।

मैनालीको दाबीलाई माधव नेपालले उनको दिमाग खुस्केको प्रतिक्रियाका साथ टार्ने कोसिस गरे पनि मुलुकको प्रधानमन्त्री र त्यसअघि रक्षा र विदेशमन्त्रीसमेत भइसकेका व्यक्तिले विदेशी सेना या जासुस संस्थासँग साँठगाँठ नभएको र बाहिरबाट आफ्नो राजनीति निर्देशित नभएको भरपर्दो स्पष्टीकरण दिनैपर्छ, नेपाली जनतालाई । आखिर मौनालीको दाबी र उनले उठाएको सन्दर्भ नेता नेपालले पार्टीको केन्द्रीय समितिसमक्ष दिएको अभिव्यक्तिमा आधारित देखिन्छ ।

नेपाली कांग्रेसका संस्थापक नेताले ०६३ भदौको कांग्रेस अधिवेशनको पूर्वसन्ध्यामा आफूलाई पार्टीबाट अलग गरेका थिए, ‘आयातीत गणतन्त्र, धर्म निरपेक्षता र संघीयता' मा सहमति देखाउन अस्वीकार गरेर ।

प्रत्यक्ष या परोक्षरूपमा गणतन्त्र बाहिरको एजेन्डा रेहको रहस्योद्घाटन मैनालीले गरेका छन् । त्यसले यो विषयमा नेपाली जनताले नै निर्णय गर्नुपर्ने अवस्था पनि सिर्जना गर्न सक्छ । तर त्योभन्दा पहिला नेता नेपालले स्पष्टसँग आरोपबारे स्पष्टीकरण दिनैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.