चन्दको पदस्थापनमा सर्वोच्चको रोक

चन्दको पदस्थापनमा सर्वोच्चको रोक

काठमाडौंः सर्वोच्च अदालतले सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेका जयबहादुर चन्दलाई पदस्थापन नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ।

सोमबार प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई तत्काल पदस्थापन तथा आइजीपीको हैसियतमा कुनै पनि काम कारबाही नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो।

बरिष्ठताका आधारमा आइजीपी नियुक्त गर्न माग गर्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। यो आदेशसँगै मन्त्रिपरिषदले आइजीपीमा नियुक्त गरेका चन्दको पदस्थापन फागुन ८ गतेसम्मका लागि रोकिएको छ।

अदालतले रिट निवेदक सिलवाल र विपक्षी सरकारलाई छलफलका लागि फागुन ८ गते बोलाएको छ। निवेदक सिलवाल र विपक्षी सरकार पक्षबीच छलफल भएपछि यो अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्नेबारे पनि फागुन ८ गते नै टुंगो लाग्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.