नदी किनारमा युवतीमाथि सामूहिक बलात्कार
चनाैटा: कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। पकडी–४ पिचुर्खीस्थित मर्थी नदी किनारमा स्थानीय एक १७ वर्षीया युवतीमाथि युुवाहरुको समूहले सामूहिक बलात्कार गरेका हुन्।
बुधवार दिउँसो ४ बजे युवतीमाथि सामुहिक करणी गरेको कुरा भिडियोबाट सार्वजनिक भए लगत्तै प्रहरीले पकडी–४ पिचुर्खीका राहत मुसलमान र बब्लु मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ। करणीमा संलग्न युवाहरुले मोवाइलमा खिचेको भिडियो हेर्दा घटनामा पाँच जनाको संलग्नता रहेको खुलेको छ।
पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक भोजजंग शाहीले जानकारी दिए। घटनामा संलग्न रहेकाहरुमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पीडित पक्षले घटनामा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन्।