स्थानीय निकायका कर्मचारी आन्दोलित, कर्मचारी कार्यालय छिर्न पाएनन्

स्थानीय निकायका कर्मचारी आन्दोलित, कर्मचारी कार्यालय छिर्न पाएनन्

तुलसीपुर: स्थानिय निकायका कर्मचारीहरुको आन्दोलनमा उत्रिएपछि कार्यालय प्रमुखहरुको काम ठप्‍प भएको छ। आइतबारदेखि चार बुँदे माग राख्दै कर्माचारीहरु आन्दोलित भएपछि कार्यालय प्रमुखहरुले काम गर्न पाएका छैनन्।

कर्मचारीहरुले सोमबार पनि कार्यालय प्रमुख र कार्यलयमा कार्यरत निजामति कर्माचारीहरुलाई प्रवेशमा रोक लगाइएको नगरपालिका कर्माचारी संघ तुलसीपुरका अध्यक्ष सञ्जय गुप्ताले जानकारी दिए।

उनका अनुसार माघ २५ गते देखि साँकेतिक रुपमा आन्दोलनमा गएका स्थानिय निकायका कर्माचारीहरु आइतवार देखि स्थानिय निकायनै ठप्प पार्ने गरि आन्दोलनमा उत्रिएका हुन्।

यस्तै नेपाल नगरपालिका कर्माचारी एशोसियसनका सल्लाहकार झरेन्द्र खरेलले स्थानिय तहको नाममा स्थानिय निकायका कर्माचारीहरुलाई बेवास्ता गरेर सरकारले निजामति कर्माचारीलाई प्राथामिकतामा राख्ने निर्णय गर्न लागेको विरोधमा आन्दोलनमा जानु परेको बताए। उनले भने, 'आइतबार पुरै काम ठप्प पार्‍यौ, र सोमबार देखि प्रमुखलाई कार्यालयमा प्रबेश निषेध गरि आन्दोलन गरिरहेका छौ। हाम्रो माग सुनुवाई नभएसम्म आन्दोलन जारी राख्छौ।'

स्थानिय निकायमा कर्माचारीहरुले स्थानिय निर्वाचन तत्काल गर्नु पर्ने, स्थानिय निकायमा हुने कर्माचारीको समायोजन स्थानिय निकायबाटै गरिनु पर्ने, समायोजन गर्दा वरिष्ठताको आधारमा कार्यालय प्रमुख स्थानिय निकायकै कर्माचारीबाटै बनाइनु पर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन्।

स्थानिय निकायका कर्मचारीहरुको आन्दोलनका कारण दाङ जिल्ला विकास समिति, घोराही नगरपालिका, तुलसीपुर नगरपालिका, लमही नगरपालिका, त्रिपुर नगरपालिका र ३१ गाविस कार्यालयको सेवा प्रभावित भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.