ट्रम्पविरुद्ध मेक्सिको सहरमा प्रदर्शन
मेक्सिको सिटी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अडानको विरोधमा मेक्सिकोमा हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन्।
मेक्सिकोको एक दर्जन भन्दा बढी सहरमा सो प्रदर्शन भएको बताइएको छ। मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा मेक्सिको झन्डा बोकेका प्रायः व्यक्तिले सेतो लुगा लगाएका थिए।
प्रदर्शनमा सहभागी व्यक्तिले अङ्ग्रेजी र स्पेनी भाषामा लेखिएको झन्डा बोकेका थिए। मेक्सिकाली जनताले निकालेको यो जुलुस शान्तिपूर्ण रहेको थियो।
एकजना प्रदर्शनकारीले बोकेको प्लेकार्डमा डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै 'तिम्रो साहासलाई विश्वका धेरै व्यक्तिले घृणा गर्छ भनेर लेखिएको थियो'। सो प्रदर्शनको क्रममा अमेरिकी राष्ट्रपतिलाई मेक्सिकोको सम्मान गर्न समेत माग गरिएको थियो। रासस/एपी
तस्बिरहरु: सीएनएन