जातीय र क्षेत्रियताको बिउ रोपिँदा राष्ट्र कमजोर: नेपाल

जातीय र क्षेत्रियताको बिउ रोपिँदा राष्ट्र कमजोर: नेपाल

गौर: नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशमा जातीय र क्षेत्रियको बिउ रोपिदा राष्ट्र कमजोर बन्दै जाने बताएका छन्।

नेता नेपालले सोमबार रौतहटको चन्द्रपुर ६ स्थित शहिद पार्कमा नेपालका प्रथम सहिद लखन थापा मगरको सालिक सिलान्यास गर्दै सो धारणा राखेका हुन। सबै भाषा, संस्कृतीको सवै ले सम्मान गर्नु पर्नेमा जोड दिदै नेता नेपालले नेपालीको पहिचान जात , क्षेत्रमा नभएर नेपाली हुनुमा रहेको बताएका छन।

लखन थापा मगरले तात्कालिन राणा शासक जंग बहादुर राणाको बिरुद्धमा आवाज उठाउदा त्यस बेलाको शासकले झुड्याएर हत्या गरेको थियो।चन्द्रपुर स्थित सहिद पार्कमा नेपाल मगर संघले १० फिट आठ इन्च उचाइको लखन थापा मगरको पुर्ण कदको सालिक निमार्ण गर्न लागेको हो।

करीब १५ लाखको लागतमा निमार्ण हुन लागेको थापाको सालिक निमार्णका लागी सिम्रौनगढ पर्यटन क्षेत्र बिकास समितीले सात लाख रकम बिनियोजन गरेको छ।सो सालिक सिलान्यास कार्यक्रममा सहिद लखन थापा मगरको योगदान र जीवनी बारेमा चर्चा गरीएको थियो।

बि.स. १८९१ मा गोर्खामा जन्मिएका थापालाइ तात्कालिन सरकारले बि.स. १९३३ मा हत्या गरेको थियो। यसै बिच चन्द्रनिगाहपुरमा सोमवार राजदेवी मिडियाले आयोजना गरेको छात्रा साइकल दौड प्रतियोगिताको पनि नेता नेपालले उद्घाटन गरेका छन।

आठ वटा समुहमा सहभागी भएका सरकारी बिधालयमा पढ्ने छात्राहरु लाइ प्रतियोतिामा सामेल गराइएको छ।प्रत्येक समुहमा प्रथम हुने एक जना छात्रालाई साइकल उपहार दिने राजदेवी मिडियाका अध्यक्ष राम पुकार राउतले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.