अर्यालसहित १५ वरिष्ठ प्रहरीको अवकाश

अर्यालसहित १५ वरिष्ठ प्रहरीको अवकाश

काठमाडौंः प्रहरी महानिरिक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालसहित नेपाल प्रहरीका १५ वरिष्ठ अधिकृतले सोमबार एकसाथ अवकास पाएका छन्। नयाँ प्रहरी प्रमुखबारे अन्यौल रहेका बेला महानिरिक्षक अर्याल, ११ जना अतिरिक्त महानिरिक्षक (एआईजी) र तीन जना नायब महानिरिक्षक (डीआईजी)ले अवकास पाएका हुन् ।

एआईजीहरु राजेन्द्र सिंह भण्डारी, सुरेन्द्र बहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, विरेन्द्रबाबु श्रेष्ठ , रमेशशेखर बज्राचार्य, केदार प्रकाश साउद, यादब अधिकारी, पर्शुराम खत्री, विश्वराजसिंह शाही र सुशिलवरसिंह थापाले अवकास पाएका छन् । यसैगरी डीआईजीहरु श्याम बहादुर खड्का , राम कुमार खनाल र मनोहर प्रसाद रिमालले पनि अवकास पाएका छन् । सोमबारदेखी ११ जना एआईजीले अवकास पाएपछि यी पद खालि भएका छन् । सरकारले एआईजीका लागि बढुवा नगरेका कारण यी पद रिक्त भएका हुन् ।

महानिरिक्षक अर्यालको विदाईमा प्रहरी हेडक्वार्टर नक्सालमा सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै अर्यालले प्रहरी संगठनभित्रको समस्या नै चुनौतीपुर्ण रहेको बताए। उनले भने,‘आफ्नो भविस्यको विषयमा अन्यौल र आशंका रहेको प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला ? सम्बन्धितको चेत कहिले खुल्ला ? ’ प्रहरी प्रमुखबारे अन्यौल कायमै रहेका बेला अर्यालले पद छाडेका हुन् । अर्यालको बिदाइ कार्यक्रम सकिएकै बेला मन्त्रिपरिषद्ले प्राविधिकतर्फका एआइजी डा. दिनेशचन्द्र पोखरेललाई कार्यवाहक आइजीको जिम्मेवारी तोकेको थियो । विदाई कार्यक्रम साढे तीन बजेका लागि तय भएपनि सरकारले निमित्त प्रमुखबारे निर्णय गर्न नसक्दा कार्यक्रम करिब तीन घन्टा ढिलो गरी सुरु भएको थियो ।

यसअघि सरकारले आइतबार महानिरिक्षकमा नायब महानिरिक्षक जयबहादुर चन्दलाई नियुक्त गरेपनि वरियता मिचेर नियुक्त गरिएको भन्दै रिट परेपछि सर्बोच्च अदालतले उक्त निर्णय कार्यन्वयन नगराउन आदेश दिएको थियो । डीआईजीको वरियताक्रममा चन्द तेस्रो नम्बरमा छन् । पहिलो नम्बरमा रहेका नवराज सिलवालले पनि सर्बोच्चमा रिट दायर गरेका थिए । विदाई कार्यक्रममा अर्यालसँगैं अवकास पाएका सम्पुर्ण एआईजीहरुको पनि उपस्थिती थियो । यसैगरी डीआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जय बहादुर चन्द लगायत पनि बिदाइ कार्यक्रममा उपस्थित थिए ।

यसैबीच दुर्जकुमार राई पनि शसस्त्र प्रहरी बल (एपीएफ)को महानिरिक्षकबाट विदा भएका छन् । उनको विदाईमा शसस्त्र प्रहरीको प्रधान कार्यलय हल्चोकमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राईले आफ्नो कार्यकाल सफल रहेको बताउँदैं आफुले सुरु गरेका कार्यक्रमले निरन्तरता पाउने विश्वास ब्यक्त गरे । राईसँगैं अतिरिक्त महानिरिक्षक (एआईजी) डा. कृष्णकुमार तामाङ र जित बहादुर पुनले पनि अवकास पाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.