राप्रपा राजसंस्था र हिन्दु धर्मको पक्षमा 

राप्रपा राजसंस्था र हिन्दु धर्मको पक्षमा 

काठमाडौं: संसद्मा चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था र हिन्दु धर्मको पक्षमा उभिएको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था र हिन्दु राष्ट्रलाई पार्टी नीति बनाउने निर्णय गरेको हो। नेपालको संविधान २०७२ लाई आलोचनात्मक समर्थन गरेको तत्कालीन राप्रपा नेपाल र गणतन्त्रलाई स्विकारेको राप्रपाबीच एकतापछि पार्टीले एउटै धारणा बनाएको छ। फागुन पहिलो साता राप्रपाको एकता महाधिवेशन हुँदैछ।

आगामी महाधिवेशनमा पेस गर्नका लागि अध्यक्ष कमल थापाले तयार गरेको पार्टीको नीति, सिद्धान्त र कार्यदिशामा राजसंस्था र हिन्दु राष्ट्रलाई पार्टी नीति बनाएर अघि बढ्ने विषय उल्लेख छ । दुई पार्टी एकता हुँदा हिन्दु धर्मका विषयमा सहमति भए पनि राजसंस्थाका विषयमा पछि टुंगो लगाउने सहमति भएको थियो । थापाले पेस गरेको २२ पृष्ठ लामो प्रतिवेदनमा राष्ट्रिय एकता संवद्र्धन गर्ने लक्ष्यका लागि राष्ट्रियतासँग सकारात्मक रूपमा जोडिएको विषयलाई उपयोग गर्न जरुरी रहेको उल्लेख छ ।

प्रतिवेदनमा शान्ति, स्थायित्व र विकासका लागि राजसंस्था अनिवार्य आवश्यक भएको जनाइएको छ । ‘एक दशकको घटनाक्रम र देशको वर्तमान अवस्थाले समेत राजसंस्थाको आवश्यकता पुष्टि गरेको छ’, थापाले लेखेका छन् । ‘सार्वभौमसत्ता जनतामा निहित रहने देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने र राष्ट्रियता र संस्कृतिको एकताको प्रतीकका रूपमा राजसंस्था रहने छ’, प्रतिवेदनमा उल्लेख छ । थापाले नेपालमा गणतन्त्र स्थापना भइसकेको परिप्रेक्ष्यमा राजसंस्थाबारे प्रत्यक्ष जनमत संग्रहको विकल्प पनि अगाडि सारेका छन् ।


सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त पारी जनताको अभिमतबिनै धर्मनिरपेक्ष राज्य घोषणा गर्नु प्राचीन मान्यता र राष्ट्रहितविपरीत।


राप्रपाले संघीयतामा समेत असहमत भएको तथ्य अगाडि सारेको छ । ‘नेपालका निम्ति संघीयता आवश्यक होइन । यसको आवश्यकता, औचित्य एवं स्वरूपबारे पर्याप्त बहस नै नगरी यो अवधारणालाई स्थापित गर्ने काम भयो । यसको परिणामस्वरूप संविधान जारी भइसके पनि संघीय संरचनासम्बन्धी अवधारणा कार्यान्वयनमा ठूलो समस्या देखिएको छ’, प्रस्तावमा अगाडि भनिएको छ । प्रस्तावमा संघीयताभन्दा सुदृढ स्थानीय निकाय उपयुक्त हुने उल्लेख छ । संघीयता नै लागू गरेको खण्डमा हिमाल, पहाड र तराई मिलेको पाँच प्रदेशलाई नै आगामी दिनमा राप्रपाले जोड दिने उल्लेख छ ।
सदियौंदेखि नेपाल सनातन धर्मसापेक्ष रहँदै आएको उल्लेख गर्दै थापाले प्रस्तावमा सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त पारी जनताको अभिमतबिनै धर्मनिरपेक्ष राज्य घोषणा गर्नु प्राचीन मान्यता र राष्ट्रहितविपरीत भएको अवधारणा अगाडि सारेका छन् । थापाले गत दुई वर्षदेखिको राजनीतिक घटनाक्रम हेर्दा नेपाललाई अस्थिर तुल्याई आफ्नो अभीष्ट पूरा गर्न चाहने राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिको चलखेल सत्ता गठबन्धनमार्फत नियोजित षड्यन्त्रका रूपमा प्रकट भएको उल्लेख गरेका छन् ।

उनले माओवादीको जनाधार र विश्वास गुम्दै गएको, कांग्रेस र एमालेले पाएको सफलता जनाधार र विश्वास बढेर नभई विकल्प नहुनुको परिणाम भएको उल्लेख गरेका छन् । उनले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र आफ्नो आदर्श, मान्यता र नीतिबाट विमुख भएको धारणा अगाडि सारेका छन् । यसैकारण ती सबै दलभित्र गुटबन्दी र अवसरवाद मौलाएको र अप्रजातान्त्रिक चरित्र हावी भएको दाबी उनले गरेका छन् । मधेसकेन्द्रित दलको भने क्षेत्रीय र स्पष्ट मान्यता नभएको विश्लेषण थापाले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.