सजिलो बन्दै इभेन्ट म्यानेजमेन्ट

सजिलो बन्दै इभेन्ट म्यानेजमेन्ट

काठमाडौं: पहिले विवाह गर्न पैसा र मानव संसाधन दुवै आवश्यक पथ्र्यो तर अहिले समयले कोल्टे फेरेको छ । पैसा भए जुनसुकै इभेन्ट पनि चाहेको जसरी समयमै सम्पन्न गर्न सकिन्छ । विगत १७ वर्षयता कर्पोरेट इभेन्टदेखि हरेक प्रकारका सामाजिक इभेन्टको व्यवस्थापन गर्दै आएको छ, एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले ।

अघिल्ला वर्षमा कर्पोरेट तथा प्रोडक्ट इभेन्ट म्यानेजमेन्ट गर्दै आएको एभरेस्टले ठूला औद्योगिक घरानाकै आग्रहमा अन्य सामाजिक इभेन्ट सुरु गरेको हो । ‘विवाहको निम्तो कार्डदेखि साइपाटा मिलाउने, दुलही फर्काउने, सम्धी भेट र कसार बटार्नेदेखि दनौरा बनाउनेसम्मका काम गर्दै आएको एभरेस्ट इमेन्टका निर्देशक सिद्धार्थनाथ रिमालले बताए । हरेक प्रकारका इभेन्टका लागि आवश्यक सबै व्यवस्थान एभरेस्टले गर्दै आएको छ’, उनले भने, ‘खानामा कुन डिस राख्ने, इभेन्ट कहाँ गर्ने, होटेल कि पार्टी प्यालेस उहाँँहरूकै चाहना र क्षमताअनुसार व्यवस्थापन गर्दै आएका छौं ।’ यसो गर्दा समय र खर्च दुवैको व्यवस्थापन भएको छ ।

स्वदेश र विदेश दुवै स्थानबाट विवाह म्यानेजमेन्टका लागि अफर आउने गरेको छ । विवाहका लागि ठाउँ सरेर आउनेका लागि आवासको समेत व्यवस्था गर्छ एभरेस्ट म्यानेजमेन्ट ।

१५ प्रतिशत सर्भिस चार्ज लिएर पाँचतारे होटेलदेखि पार्टी प्यालेससम्मका इभेन्टको व्यवस्थापन गर्दै आएको उनले सुनाए । इभेन्टको व्यवस्थापन गर्न हाम्रो टिम छ र हामी आफैं सबै काम गर्छौं, त्यही भएर इभेन्ट गराउनेहरूसँग हामी परिवारका सदस्य जस्तै भएका छौं । इभेन्ट व्यवस्थापन गरेका परिवारबाट हामीलाई चाडपर्वमा बोलावट हुन्छ । विदेशबाट आउँदा सदस्य सरह नै गिफ्ट पनि आउने गरेको छ । एउटै परिवारको जस्तो सम्बन्ध गाँसिएको छ हामीमा । कुनै चिन्ता नलिई विवाह गर्न पाएकोमा उहाँहरू ज्यादै खुसी र सन्तुष्ट हुनुहुन्छ भने हामी पनि व्यवसाय फस्टाउँदै गएकोमा खुसी छौं ।

विवाहको कार्ड डिजाइन गर्दै गर्दा पूरै विवाह जिम्मा लिने अफर आयो । ‘हामीले काम गर्न सुरु ग¥यौं’, एभरेस्टका अर्का निर्देशक देवदिप्य रिमालले भने । विवाह मण्डप सजाउनेदेखि आवास सजाउनेसमेतका काम हामीले नै गर्दै आएका छौं । विवाहका लागि माला कस्तो बनाउने, कपडाको डिजाइन कुन हुने, कति साइपाटा लैजाने, सम्धी भेटमा के दिने र के चलिरहेको छ, उहाँहरूले भनेअनुसारकै तयारी गर्छौं । ‘परिवारले ल्याउने भनेको दुलाहा दुलहीको कपडा र गरगहना मात्रै हो । त्यसको पनि जिम्मा दिए त्यो पनि गर्न हामी तयार छौ’, रिमालले भने । अहिले विवाहका लागि महत्वाकांक्षी थिम आएको छ । नयाँँ कुनै वरबधुले पुरानो रोमन तथा ग्रीस सहर जस्तो डिजाइन खोज्छन् त कसैले नयाँ प्रविधियुक्त टेक्नो, फ्युजन थिम । विवाह मण्डप सजाउनेमा पनि विविधता छ । ५/६ वर्षअघिसम्म रोयल थिम चलेको थियो ।

तीन दिने विवाहभन्दा एक दिने विवाह बढी प्रचलनमा छ । दुलाहाका लागि दौरा सुरुवाल र दुलहीका लागि नेट साडी बढी चल्ने गरेको छ । फोटो राम्रो आउने र विवाह मन्डप दिउँसोभन्दा राती आकर्षक देखिने भएकाले हाम्रो चाहना राति भए पनि उहाँहरूले भनेकै समय वा लगनमा विवाहको व्यवस्थापन गर्दै आएका छौं । विवाहमा मेहेन्दी लगाउने रेसमदेखि ‘विवाहपछि दुलाहादुलही जस्तै सजिएर फोटो खिच्नेसम्मको प्याकेज छ हामीसँग’, रिमाल ब्रदर्सले भने, ‘फोटो खिच्नका लागि पोखरा, नगरकोट या उहाँहरूले रोजेको अन्य कुनै स्थानमा गाडीसहितको सुविधा छ ।’

स्वदेश र विदेश दुवै स्थानबाट विवाह म्यानेजमेन्टका लागि अफर आउने गरेको छ । विवाहका लागि ठाउँ सरेर आउनेका लागि आवासको समेत व्यवस्था गर्छ एभरेस्ट म्यानेजमेन्ट । विदेशमै विवाह गर्नेका लागि आवश्यक सामान कुरियर गरेर पठाउने गरेको रिमालले बताए । आम ग्राहकलाई गुणस्तरीय सेवा दिन एक मौसममा तीन/चार वटाभन्दा बढी अडर नलिने गरेको एभरेस्ट म्यानेजमेन्टका अध्यक्ष जेवी विष्टले बताए ।

उनी भन्छन, ‘विवाह होस् या कुनै पनि इभेन्टको व्यवस्थापन गर्न मानिसलाई समय छैन, एउटा मौसममा विवाहको काम गर्दा राम्रो प्रतिक्रिया आएपछि हामीले १० वर्षअघि विवाह इभेन्ट पनि सुरु गरेका हौं । बिजनेसम्यान, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने व्यक्तित्व तथा मध्यमवर्गीय परिवार जो बढी व्यस्त छन् उहाँहरूकै आग्रहमा यो अभ्यास सुरु गरिएको हो ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.